ट्रम्पको घोषणा झापड भएको प्यालेस्टाइन राष्ट्रपतिको भनाइ | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

ट्रम्पको घोषणा झापड भएको प्यालेस्टाइन राष्ट्रपतिको भनाइ

एजेन्सी, १ माघ । प्यालेस्टिनी राष्ट्रपति महमुद अब्बासले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यपूर्व शान्ति प्रयास प्यलेस्टाइनका लागि झापड भएको बताएका छन् ।

प्यालेस्टिनी राष्ट्रपति अब्बासले रमल्लाहमा विभिन्न राजनीतिक गुटहरुको दुई दिने बैठकको शुरूमा सम्बोधन गर्दै इजरायल–प्यालेस्टाइन द्वन्द्व अन्त्य गराउन अन्तिम सम्झौता गराउने ट्रम्पको घोषणा प्यालेस्टाइनका लागि झापड भएको बताए । उनले बैठकमा ओस्लो शान्ति सम्झौता रद्द गर्ने र इजरायलसँगको सुरक्षा समन्वय समेत समाप्त गर्ने विषयमा छलफल गरिरहेको अन्र्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्यालेस्टिनीहरूले लामो समयदेखिका यी सम्झौतामा व्यक्त प्रतिबद्धताबाट इजरायल पछि हटिरहेको बताउँदै आएका छन् । उनीहरूले मध्यपूर्वको मामिलामा अमेरिकाले मध्यस्तता गर्न नसक्ने पनि बताएका छन् । राष्ट्रपति अब्बासले पुनः संयुक्त राष्ट्रसंघ र अन्य देशहरूलाई संलग्न हुन आग्रह गरेका छन्। बैठकमा सबै प्यालेस्टीनी समूहहरूलाई बोलाइएकामा हमास र इस्लामिक जिहाद नाम गरेका संगठनहरूले सहभागिता जनाएका छैनन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);