मनसुन भित्रिएदेखि मनसुनजन्य विपदबाट ४१ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

असार २२ २०८१, शुक्रबार

मनसुन भित्रिएदेखि मनसुनजन्य विपदबाट ४१ जनाको मृत्यु

काठमाडौं । गएको जेठ ३१ गते मनसुन भित्रिएदेखि मनसुनजन्य विपदबाट ५० जिल्ला प्रभावितहुँदा ४१ जनाको मृत्यु भएको छ ।

गृहमन्त्रालयका अनुसार मनसुन भित्रिएदेखि ५० जिल्लामा बाढी पहिरोलगायत मनसुनजन्य विपदमा परेर ४१ जनाले ज्यान गुमाएका छन्। ३१ जना बेपत्ता छन् । ती जिल्लामा विपद्बाट ५५ जना घाइते भएका गृह मन्त्रालयको विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखाले जनाएको छ ।

विपद्का घटना भएका ५० जिल्लामध्ये २० जिल्लामा भने मानवीय क्षतिहँदा भएको ४१ जनाले ज्यान गुमाएका हुन् । यस्तै छ वटा जिल्ला सङ्खुवासभा, ताप्लेजुङ, पाँचथर, दोलखा, मकवानपुर र महोत्तरीमा ३१ जना बेपत्ता भएका छन। यसैगरी २८ जिल्लाका ५५ जना घाइते भएको गृहमन्त्रालयले जनाएको छ ।

विपदबाट १३० घर पूर्णरुपमा तथा १९३ घरमा आंशिक क्षति पुगेको छ । मनसुन सुरु भएकै बेलामा पूर्वी नेपालको पाँचथर, सङ्खुवासभा ताप्लेजुङलगायत जिल्लामा भारी वर्षाका कारण ठूलो धनजनको क्षति भएको थियो । मनसुनका अवधिमा मुलुकभर कम पानी पर्ने आँकलनका बिच भारी वर्षाले विभिन्न जिल्लामा बाढी र पहिराका घटना निम्त्याइरहेको छ । यद्यपि कतिपय जिल्लामा अझै वर्षा हुन सकेको छैन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);