सांसद श्रेष्ठको आक्रोश– जनता भोटिङ बैंक मात्रै हुँदै होइनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

सांसद श्रेष्ठको आक्रोश– जनता भोटिङ बैंक मात्रै हुँदै होइनन्

काठमाडौं । संसदको चौथो ठूलो राजनीतिक दल राष्ट्रिय स्वतन्त्र पार्टीले संसद भवनबाहिरै संसदको अभ्यास प्रश्तुत गरेको छ ।

बुधवार प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन तस्करी प्रकरणलाई लिएर सदन अवरोध गरेपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रश्तुत गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद सुमना श्रेष्ठले समाज विभाजनको बाटोमा लगेर राजनीति नचल्ने बताउनु भयो ।

उहाँले सामाजिक आक्रोश कम गरेर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनता भोटिङ बैंक मात्रै हुँदै होइनन् । भोट बैंक सुरक्षित गर्न कसरी हुन्छ विवादित गरिरहने, हुँदै नभएको कुरा भनिदिने । जहिले पनि विभाजनको बाटोमा लागेर राजनीति चल्दैन । अब समाजलाई जोड्नुपर्छ । संवेदनशील हुनुपर्छ । सामाजिक आक्रोश कम गर्नुपर्छ ।’

सांसद श्रेष्ठले जनतालाई भोटिङ बैंक मात्रै सम्झने कुरा गलत भएको दाबी गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);