ग्राण्डीमा ९ घण्टा लगाएर हात्तीपाईले रोगको सफल शल्यकृया | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८१, शनिबार

ग्राण्डीमा ९ घण्टा लगाएर हात्तीपाईले रोगको सफल शल्यकृया

काठमाडौं । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा हात्तीपाईले रोगको शल्यकृया सफल भएको छ ।

गत साउन २ गते अस्पतालमा कार्यरत प्लास्टिक सर्जन प्राध्यापक डा.जयनमान श्रेष्ठको नेतृत्वमा ३५ वर्षीय एक युवकको बायाँ खुट्टामा भएको हात्तीपाईलेको ९ घण्टा लगाएर गरिएको शल्यकृया सफलतापूर्वक सम्पन्न भएको हो । म्याग्दी बेनी घर भएका ती युवकको दुवै खुट्टाको आकार तथा वजन बढ्दै गएर एउटै खुट्टाको वजन ४८ केजी थियो । उहाँलाई २० वर्ष अघि नै हात्तीपाइलेको समस्या देखिएको थियो । प्रा.डा.श्रेष्ठले प्लाष्टिक सर्जरी विधिबाट खुट्टाको शल्यकृया भएको जानकारी दिनुभयो । उहाँले अप्रेसनका लागि ९ घण्टा समय लागेको बताउनु भयो ।

डा.श्रेष्ठले भन्नुभयो, ‘जो बिरामी हुनुहुन्छ । उहाँ ३५ वर्षे युवक हुनुहुन्छ । उहाँको हात्तीपाइलेको रोग करिव २० वर्षअघि नै शुरुवात भएको रहेछ । २० वर्षको अवधिमा खुट्टाहरु धेरै नै सुन्निएको कारणले जटिल अवस्थामा पुगेको रहेछ । उहाँको दुवै खुट्टा धेरै गहु्रङ्गो र धेरै ठूलो भएका कारण उहाँलाई हिँड्नलाई पनि धेरै मुस्किल अवस्था थियो । बेलाबेलामा खुट्टामा इन्फेक्सन हुने, घाउ हुने, गन्हाउने भएको थियो । उहाँलाई परिवारका लागि र आफ्ना लागि निकै भार परेको थियो । उहाँले विभिन्न ठाउँमा गएर उपचार गर्नेपनि कोशिस गर्नुभयो । उहाँ उपचारका लागि भनेर भारतपनि जानुभएको थियो । त्यहाँपनि उपचार सम्भव भएन । र, त्यसपछि ग्राण्डी हस्पीटलमा आइसकेपछि उहाँको उपचारलाई ठूलो भएको हात्तीपाइलेको भाग छ, त्यसलाई निकाल्न प्लास्टिक सर्जरी विधिबाट उपचार गरेर निकाल्यौं । खुट्टापनि निकाल्नुपर्ने अवस्था थियो । प्लाष्टिक सर्जरी गरेर खुट्टालाई जोगाउने हिसावले अप्रेसन गरेको हो । खुट्टा ठूलो भएकाले उहाँलाई राख्न नसकेर दुई वटा टेबल जोडेर अप्रेसन गर्नुपर्ने अवस्था थियो । अप्रेसन गर्दाखेरी ठूला ठूला नशाहरु छुने बित्तिकै रगत निस्किने भएकाले पनि यो एक प्रकारको जटिल अप्रेसन हो । लगभग ९ घण्टा लगाएर अप्रेसन ग¥यौं । हामीले यसलाई सफल अप्रेसनका रुपमा लिएका छौं । र, एउटा खुट्टाको हात्तीपाइलेको खुट्टा निकाल्यौं । र, त्यसको वजन भनेकै ४८ केजीको भएको देखिएको छ ।’

डा.श्रेष्ठको नेतृत्वमा प्लास्टिक सर्जन डा.समित शर्मा सहितको टोलीले ती युवकको शल्यकृया गर्नुभएको हो । अहिले बिरामीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको डा. श्रेष्ठले बताउनु भयो । युवकलाई आज (बुधवार) डिस्चार्ज गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);