नेपालका सबै राजनीतिक दल समाजवादी लोकतान्त्रिक : खनाल | ईमाउण्टेन समाचार

Our Network

पुष २८ २०८१, आइतबार

नेपालका सबै राजनीतिक दल समाजवादी लोकतान्त्रिक : खनाल

काठमाडौ, २९ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले नेपालका सबै राजनीतिक पार्टी समाजवादी लोकतान्त्रिक पार्टी भएको बताएका छन् ।

पुष्पलाल अध्ययन केन्द्रले शनिबार काठमाडाैँमा गरेको अन्तरक्रियामा बोल्दै नेता खनालले पार्टी निर्माणको विभिन्न पृष्ठभूमि भएपनि लोकतान्त्रिक प्रतिष्पर्धाबाट समाजवाद तर्फ बढ्ने संबैधानिक संकल्प भएका कारणले नेपालका सबै राजनीतिक पार्टी समाजवादी लोकतान्त्रिक पार्टी भएको तर्क गरे ।

पछिल्लो चुनावी परिणाम र दुई वामगठबन्धनको एकताले एउटै कम्युनिष्ट पार्टी बनाउने बहस चलिरहेका बेला नेपालको कम्युनिष्ट आन्दोलन पनि लोकतान्त्रिक विधिबाट मात्र अघि बढ्ने नेता खनालको भनाई थियो ।

कम्युनिष्टहरु केन्द्रीकृत र अलोकतान्त्रिक हुन्छन् भन्ने मान्यतालाई चिर्दै नेपालमा कम्युनिष्टहरु सदन र सरकारमा लोकतान्त्रिक प्रतिष्पर्धाको बाटोबाट पुगेको उनको तर्क थियो ।

उनले लोकतान्त्रिक समाजवादको बाटो भन्दा बाहिर बहस गर्ने राजनीतिक दल तथा नेतृत्व दुवै असंबैधानिक हुने र जनताबाट तिरस्कृत हुने उल्लेख  गरे । कार्यक्रममा नेता खनालले निर्वाचन परिणामले वामगठबन्धनलाई एक भएर मुलुकको विकास गर्न दिएको जनादेशको रुपमा बुझ्नुपर्ने उल्लेख गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);