प्रधानमन्त्रीलाई विमलेन्द्र निधिको प्रश्न– नेपालको राजनीतिमा अझै दल निर्माणकै प्राथमिकता हो र ? | ईमाउण्टेन समाचार

Our Network

जेठ १८ २०८१, शुक्रबार

प्रधानमन्त्रीलाई विमलेन्द्र निधिको प्रश्न– नेपालको राजनीतिमा अझै दल निर्माणकै प्राथमिकता हो र ?

काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले अझै पनि कम्युनिष्ट पार्टी निर्माणको कामलाई प्राथमिकता दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालको आलोचना गर्नु भएको छ ।

आईतबार (हिजो)कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसर पारेर प्रधानमन्त्री दाहालले समाजवादी मोर्चा केही दिन भित्रै गठन गरी नेकपा पुनर्विजित गराउने घोषणा गर्नु भएको थियो । नेता निधिले त्यसप्रति असन्तुष्टि जनाउँदै हामीले ठूलो क्रान्ति गरेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था दल निर्माणका लागि हो र ? भनि प्रधानमन्त्री दाहाललाई प्रश्न समेत गर्नु भयो ।

सोमबार काठमाडौंमा आयोजित ‘नेपाली परिवेशमा लोकतन्त्रका आयाम’ विचार संवाद कार्यक्रम उहाँले सामाजिक–आर्थिक विकास र प्रगतिका लागि संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएकोमा गर्व गर्ने नेताहरुले दल निर्माणलाई प्राथमिकता दिन नमिल्ने तर्क समेत गर्नु भयो । नेता निधिले संघीय लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो संघीय लोकतान्त्रिक गणतन्त्र हुने उल्लेख गर्दै त्यसैलाई प्राथमिकता दिएर अघि बढने गरी बहस गर्नुपर्नेमा पनि जोड दिनु भयो । उहाँले भन्नु भयो, ‘मैले सुनेको हिजो भाषणहरुमा के भनिएको छ भने–हामी छिट्टै समाजवादी फ्रन्ट बनाउँछौं । मान्छे अधिकार हो, नेता, दलको अधिकार हो । ठिकै छ, राम्रै कुरा हो । के, को लागि ? समाजवादी फ्रन्ट बनाउँछौं । कम्युनिष्ट पार्टी निर्माणका लागि । यसको म दुईवटा आयाम म हेर्दछु । त्यो भए के नेपालमा हामी जुन आन्दोलन ग¥यौं, क्रान्ति ग¥यौं, परिवर्तन ग¥यौं भनेर हामी सबै नेताले भन्दछौं । त्यो के अझै पनि समाजको विकासको लागि, आर्थिक विकासको लागि, प्रगतिको लागि । त्यो चरणमा हामी प्रवेश गरिसकेका छौं । अझै हामी दल निर्माणकै प्रक्रियामा छौं त दल निर्माण नै हाम्रो प्रायोरिटी हो ? यो मेरो प्रश्न छ है । आज लोकतन्त्र दिवस । मेरो जिज्ञासा छ–के नेपालको राजनीतिमा अझै दल निर्माणकै प्राथमिकता हो र ? के नेपालको राजनीतिमा अझै दल निर्माणकै प्राथमिकता हो र । त्यसकारण केही राजनीतिक दलका नेताहरु राजनीतिक दलकै निर्माणमा लाग्नु भएको छ । भनेपछि त हामीले ल्याएको प्रणाली, हामीले ल्याएको संविधान, दुई, दुई वटा चुनाव ग¥यौं । त्यसको बारेमा त हामीले केही सोच्नु पर्ने हुन्छ । त्यसकारणले एउटा कुरा मलाई यहाँ आएको छ–यदि हामीले यो प्रणाली ल्याएकोमा गर्व गर्दछौं भने लोकतन्त्रको विकल्प लोकतन्त्र नै हुन्छ । जनवादी केन्द्रियता भएको नेपाल कम्युनिष्ट प्रणाली भएको देश त होइन । हामीले संविधान बनाएका छौं भनेर घोषणा गर्छौं । हामीले यसका कार्यान्वयन गर्नुपर्छ भने, पालना गर्नुपर्छ भने यस संविधानले अंगालेको प्रणाली र यसको फण्डामेन्टल इलिमेन्ट्सलाई तदनुरुपनै विकसित गरौं । गुलियो छ भने अझै राम्रो गुलियो बनाऔं । डाईभिटिज नहोस् त्यस्तो राम्रो गुलियो बनाऔं । सुपाच्य होस् । म एउटा त्यो कुरा भन्छु । र, त्यसकारण यो एउटा बहसको विषय भएको छ । र, लोकतन्त्रको भविष्यलाई हामीले अहिले जुन संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली ल्याएका छौं । यो भन्दा राम्रो गणतन्त्रनै गणतन्त्रको विकल्प हो । यो भन्दा राम्रो लोकतन्त्रनै लोकतन्त्रको विकल्प हो । यो भन्दा राम्रो संघीय प्रणाली नै संघीय प्रणालीको विकल्प हो । यो भन्दा राम्रो स्थानीय तह नै स्थानीय तहको विकल्प हो । त्यसरी हामीले विश्लेषण गर्दै जानु पर्दछ । त्यसको भविष्यका लागि हामीले काम गर्नु पर्दछ भन्ने मलाई लाग्दछ ।’

नेता निधिले मुलुकमा कम्युनिष्ट शासन नरहेकाले वर्तमान संविधानलाई कार्यान्वयन गर्दै पालना गरेर अघि बढनुको विकल्प नरहेको पटकपटक दोहो¥याउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);