तनहुँ–१ ताजा अपडेटः स्वर्णिमको शानदार अग्रता, गोविन्दले १० हजार मत कटाए | ईमाउण्टेन समाचार

Our Network

असार ४ २०८१, सोमबार

तनहुँ–१ ताजा अपडेटः स्वर्णिमको शानदार अग्रता, गोविन्दले १० हजार मत कटाए

काठमाडौं । आइतबार सम्पन्न भएको उपनिर्वाचनको तनहुँ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले १८ हजार ४ सय ६१ मत प्राप्त गरेका छन् ।

यस्तै नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले जम्मा १० हजार ८ सय १४ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ६ हजार ६८ मत पाउँदै तेस्रो स्थानमा रहेका छन् । तनहुँ १ मा कुल ९ उम्मेदवार रहेका छन् ।

तनहुँमा मैदानमा ९ जना उम्मेदवार छन् । हालसम्म ३६ हजार ४ सय ४३ मत गणना भइसकेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);