३३ राष्ट्रका युवा प्रतिनिधि काठमाडौंमा भेला | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

३३ राष्ट्रका युवा प्रतिनिधि काठमाडौंमा भेला

काठमाडौं, २९ पुस । विश्वभरका युवाहरुका साझा समस्या र सरोकारबारे छलफल गर्न विभिन्न ३३ राष्ट्रका युवा प्रतिनिधिहरु काठमाडौंमा भेला भएका छन् ।

युवा संसद नेपालले आयोजना गरेको ‘ग्लोबल युथ पिस कन्फ्रेन्स २०१८ ’ मा सहभागि हुन सार्क राष्ट्रसहित अमेरिका, क्यानडा, अष्ट्रेलिया, इथियोपिया, युगान्डा,जापान, फिलिपिन्स, थाइल्याण्ड लगायतका देशकासहित १ सय ३० जना युवा अभियन्ताहरुको सहभागिता रहेको छ ।

सम्मेलनमा युवाहरुको साझा एजेण्डा र आवश्यकताबारे छलफल गरि भावी रणनीति तय गर्ने मुख्य एजेण्डा रहेको छ । सम्मेलनमा जलवायु परिवर्तन, लोकतन्त्र र सुशासन, सामाजिक उद्यमशीलता , युवा सहभागिता र शान्तिका लागि सांस्कृतिक कुटनीति लगायतका विषयमा छलफल हुने आयोजक युवा संसद नेपाल का संयोजक दिवाकर अर्यालले जानकारी दिए ।

सम्मेलनको उद्घाटन समारोहमा नेपालमा युवा, शान्ति, उद्यमशीलता र सुशासनको क्षेत्रमा काम गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । अभिनेता राजेश हमाल, सिएनएन सुपर हिरो पुष्पा बस्ने, एपीवान टेलिभिजनका समाचार प्रमुख टिकाराम यात्री, युवा वैज्ञानिक जितेन्द्र उपाध्याय लगायतका युवा अभियन्ताहरुलाई ‘युवा अभिप्रेरणा सम्मान २०१८’ प्रदान गरिएको थियो । आइतबारसम्म चल्ने यो सम्मेलन काठमाडाैँ घोषणापत्र जारी गर्दै सम्पन्न हुनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);