पाकिस्तानसँगको एकदिवसीय क्रिकेट न्युजिल्याण्डले जित्यो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

पाकिस्तानसँगको एकदिवसीय क्रिकेट न्युजिल्याण्डले जित्यो

एजेन्सी, २९ पुस । पाकिस्तानसँगको एकदिवसीय क्रिकेट शृंखला न्युजिल्याण्डले जितेको छ । शनिबार भ्रमणकारी टोली न्यूजिल्याण्डले पाकिस्तानको दुनेदिन स्टेडियममा तेश्रो खेल १ सय ८३ रनले जितेसँगै शृङ्खला हात पारेको हो ।

२ सय ५८ रनको लक्ष्य पाएको पाकिस्तान २७ ओभर २ बलमा ७४ रनमा अलआउट भयो । न्युजिल्याण्डको जितमा ट्रेन्ट बोल्टले ५ विकेट लिए । पाकिस्तानका चारजनाबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

उसका लागि सर्फराज हमदको नटआउट १४ रन सबैभन्दा धेरै रन बन्यो । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले रोश टेलरको ५२ तथा मार्टिन गुप्टिलको ४५ रनको मद्दतमा २ सय ५७ रन बनाएको थियो ।

पाकिस्तानका रुम्मन राइस र हसन अलीले तीन तीन विकेट लिए । पाकिस्तानले न्युजिल्याण्डसँग ५ एकदिवसीय र तीन ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);