दार्चुलामा ‘स्क्रब टाइफस’को संक्रमण बढ्दो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

दार्चुलामा ‘स्क्रब टाइफस’को संक्रमण बढ्दो

बासुदेव बडु । दार्चुलामा ४० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ ।

यहि साउन १ गते देखि जिल्ला अस्पताल दार्चुलामा उपचार गर्न आएका बिरामिहरुको चेक जाँच गर्दा ४० जनामा स्क्रब टाइफसको संक्रमण देखिएको हो ।

एक न.पा सहित ५ वटा गा.पा का बिरामीहरुमा स्क्रब टाइफसको संक्रमण देखिएको र सबै भन्दा बडी महाकाली न.पा का २५ जना बिरामीमा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डा.राजेश भट्टले जानकारी दिएका छन् ।

गत आर्थिक वर्ष २०७९ ०८०मा २४८ जना मास्क्रब टाइफसको संक्रमण देखिएको र जसमध्ये ६५ जना पुरुष र १८३ जना महिला रहेको जिल्ला अस्पताल दार्चुलाको तथ्याङ्क छ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);