एमाले र माओवादी बीचकाे एकता प्रक्रियाले अपेक्षाकृत गति लिन सकेन | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

एमाले र माओवादी बीचकाे एकता प्रक्रियाले अपेक्षाकृत गति लिन सकेन

bam

रामेश्वर सापकोटा

काठमाडौं, २९ पुस । नेकपा एमाले र माओवादी केन्द्रबीचको एकताबारे भाषणमा पर्याप्त चर्चा भएपनि अहिलेसम्म खासै उपलब्धि हुनसकेको छैन । नेताहरु एकता भइसक्यो भनेर अभिव्यक्ति दिइरहँदा नीतिको बहस देखि नेता व्यवस्थापनसम्मका समस्या सम्बोधनको गृहकार्य भने हुनसकेको छैन । केन्द्रमा देखिएको एकता समस्याले जिल्ला र स्थानीय तहमासमेत अन्योल थपिएको छ ।

एउटै घोषणपत्र र एउटै निर्वाचन परिचालन समिति बनाएर निर्वाचन जितेका नेकपा एमाले र माओवादी केन्द्रबीच एकता प्रक्रियाले अपेक्षाकृत गति लिन सकेको छैन । मंसिर ९ गते, पुषको पहिलो साता हुँदै सरिरहेको एकता प्रक्रिया कहिले टुंगिन्छ भन्ने जवाफ नेताहरुसँग पनि छैन ।

सुरुमा सरकार गठन र पार्टी एकता सँगैसँगै लैजाने घोषणा गरेका दुई दलबीच सरकार गठनमा ढिलाई भएकाले एकता पहिले भन्ने बहस पनि नभएको होइन । तर, त्यो बहसले अहिलेसम्म सार्थकता पाएको छैन ।

केन्द्रमा नेताहरुबीच कुरा नमिल्दाको प्रभाव जिल्ला–जिल्लाका संगठनमा परिरहेको छ । चुनावमा एउटै पार्टीका रुपमा भाग लिएका स्थानीय नेता कार्यकर्तालाई अहिले छुट्टै भएर काम गर्न त्यति सहज लागिरहेको छैन । उनीहरु भविश्यमा पनि पर्याप्त जटिलता आउन सक्नेतर्फ सचेत छन् ।

पार्टी एकतापछि नेकपा एमालेले भन्ने गरेको सिद्धान्त ‘जनताकाे बहुदलीय जनवाद’ मान्ने कि माओवादी केन्द्रले भन्ने गरेको ‘एक्काइसाैँ शताब्दीको जनवाद’ मान्ने भन्ने पनि समस्या छन् । तर स्थानीय नेताहरु सिद्धान्तको विषय केन्द्रको विषय भन्दै स्थानीय तहमा नेता तथा कार्यकर्ता व्यवस्थापन नै प्राथमिक विषय हुने बताउँछन् ।

केन्द्रमा नीति र सिद्धान्तको बहस ज्यादा हुने अपेक्षा गरिए पनि स्थानीय तहमा भने दुईदलका नेताको व्यवस्थापन कसरी गर्ने भन्ने विषयले नै प्राथमिकता पाएको छ । पद र शक्तिको बाँडफाँडमा कुरा मिलेमा मात्र एकताका अन्य विषयको टुंगो लाग्ने भएकाले त्यसाे भएमा मात्र जिल्ला र स्थानीय तहका कमिटिहरुमा त्यसले सकारात्मक सन्देस दिने छ । हैन भने चुनावका वेला देखिएको उत्साह कायमै रहला भन्न सकिँदैन ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);