एमालेले अवरोध गरेपछि राष्ट्रिसभा बैठक आज पनि स्थगित | ईमाउण्टेन समाचार

Our Network

भदौ ५ २०८१, बुधवार

एमालेले अवरोध गरेपछि राष्ट्रिसभा बैठक आज पनि स्थगित

काठमाडौं । प्रमुख प्रतिपक्ष दल एमालेले अवरोध गरेपछि सोमबार बोलाइएको राष्ट्रियसभा बैठक पनि स्थगित भएको छ ।

एमालेका सांसदहरुले उठेर अवरोध गरेपछि सोमबार बसेको राष्ट्रियसभा बैठक पनि आगामी साउन २४ गते बुधबारसम्मका लागि स्थगित गरिएको हो । बैठकको सुरुमै बोल्दै एमालेकी सांसद दिलकुमारी रावल थापा (पार्वती)ले सुन तस्करी प्रकरणमा निष्पक्ष छानविन गर्न उच्चस्तरीय समिति गठन नगरेसम्म आफ्नो पार्टीले सदन चल्न नदिने अडान राख्नु भयो ।

सरकार र सत्तारुढ दलमा आवद्ध नेताहरु आफैं सो प्रकरणमा मुछिएकाले सो प्रकरणको छानविन गर्न सरकारी निकायहरु समक्ष नहुने भएकाले आफ्नो पार्टीले निष्पक्ष छानविनका लागि उच्चस्तरीय समितिनै बनाउन माग गर्नु परेको उहाँले स्पष्टिकरण दिनु भयो । सांसद थापाले सत्तारुढ दलहरुकै सरकार भएको बेला सुन तस्करीमा संलग्न दावाछिरिङ शेर्पालाई नेपाली नागरिकता दिने, सुन तस्कर छुटाउनका लागि टेलिफोनमार्फत दवाव दिने माओवादी केन्दका नेता कृष्णबहादुर महरालाई कारबाहीको दायरामा ल्याउने काम सरकारले गर्न नसक्ने भएकाले पनि उच्चस्तरीय छानविन बनाएर अघि बढनुको विकल्प नरहेको जिकीर गर्नु भयो ।

सांसद थापाले राष्ट्र, राष्ट्रिय सुरक्षा र मुलुकको छविसँग जोडिएको सो सुन तस्करी प्रकरणको छानविन निष्पक्ष हुनुपर्ने कुरालाई सुनिश्चित गर्न सरकार उच्चस्तरीय छानविन समिति बनाउन सहमत हुनुपर्ने तर्क समेत गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);