प्रमुख तीन दलको दोसो चरणको बैठक पनि निष्कर्षविहीन | ईमाउण्टेन समाचार

Our Network

जेठ ४ २०८१, शुक्रबार

प्रमुख तीन दलको दोसो चरणको बैठक पनि निष्कर्षविहीन

काठमाडौं । संसद संचालन गर्ने विषयमा प्रमुख तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रबीच बसेको दोस्रो चरणको बैठक पनि विनानिष्कर्ष सकिएको छ ।

सभामुख देवराज घिमिरेको आह्वानमा नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सोमबार अपरान्ह बसेको प्रमुख तीन दलको बैठकमा सत्तारुढ काँग्रेस र माओवादी केन्द्र सुन तस्करी प्रकरण छानविनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेको अडानमा सहमत नभएपछि दोस्रो चरणको बैठक पनि निष्कर्षविहिन भएको हो । तर नेताहरु भोली साँढे १० बजे पुनः बैठक बसी संसद संचालन गर्नेबारे सहमती खोज्न भने तयार भएका छन ।

सिआइवीनै यो तस्करी छानविनको लागि विश्वसनीय निकाय भएकाले त्यसैलाई विश्वास गरेर जान उपयुक्त हुने धारणा सत्तापक्षले बैठकमा राखेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘छानविन गर्न सक्ने एउटा निकाय भनेको सिआईवी नै हो । सिआईवीले छानविन गरिराखेको छ । त्यो निकायलाई विश्वास गरौं । हामी सबैलाई विश्वास छ । यसमा कसको संलग्नता छ । हिजो र आज कसरी हुँदै थियो ? भन्ने कुराको तथ्य उसले लिएर आउँछ । दोषीमाथि कारबाही हुन्छ । यस काण्डको जरासम्मै पुग्छ भन्ने सरकारको भनाई हो । हामी सबैले त्यो संस्थालाई विश्वास गर्नुपर्छ भन्ने नै हो ।’

यता, प्रमुख प्रतिपक्ष एमालेले भने सो प्रकरणको निष्पक्ष छानविनका लागि उच्चस्तरीय छानविन समिति गठन गर्नुको विकल्प नरहेकोे अडान राखेको थियो । आफ्नो पार्टीेले उच्चस्तरीय छानविन समिति गठन गरी सो प्रकरणको स्वतन्त्र छानविन हुनुपर्ने अडान दुवै चरणको बैठकमा प्रस्तुत गरेको एमालेका सचिव एवं सांसद योगेशकुमार भट्टराईले जानकारी दिनु भयो । उहाँले भन्नु भयो, ‘आज भएको तीन दलको बैठकमा पनि हाम्रो पार्टीले सुन काण्डको छानविनका लागि उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने मागको औचित्यबारे कुराकानी राख्ने काम भयो । र, बिहानको बैठकमा र दिउँसोको बैठकमा पनि हामीले सो कुरा राख्ने काम गरेका छौं । आजको छलफल हामीले पाएको सूचनाको आधारमा सकारात्मक दिशामै छ । सत्तारुढ दल भित्रैबाट पनि उच्चस्तरीय छानविन समिति बनाउनुपर्छ भन्ने कुराका उठिराखेकै छ । नेपाली काँग्रेसका माननीयजीहरुले सो कुरा उठाईरहनु भएको छ । प्रतिपक्षमा रहेका हामी नेकपा एमालेलगायत राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका प्रतिपक्ष दलहरुले पनि स्वतन्त्र छानविन समिति चाहिन्छ नै भनिरहनु भएको छ । सबैको एकमत छ । र, मिडियाले पनि त्यसको छानविन उच्चस्तरबाटै हुनुपर्छ भन्ने आवाज दिईरहेको सन्दर्भमा आजको छलफल चाँही सकारात्मक छ । प्रधानमन्त्रीजीले यो उच्चस्तरीय छानविन समिति बनाउने कानुनी आधार के हो ? त्यस्ता समिति बनाउने कानुनी आधार के हो ? त्यो समितिले आज भईरहेका छानविनलाई के, कस्तो असर गर्छ ? त्यो सबै कुरा म बुझ्छु कानुनी आधार । र, फेरी भोली साँढे १० बजे बालुवाटारमा तीन दलका शिर्ष नेताहरुमा बैठक बस्ने र त्यसले एउटा निष्कर्ष निकालेर ३ बजे संसद बैठक बोलाउने सहमती भएको कुरा मैले सूचना पाएको छु ।’

प्रमुख तीन दलबीच सहमती नभएपछि प्रतिनिधिसभा बैठक पनि भोली मंगलबार अपरान्ह ३ बजेसम्मका लागि स्थगित गरिएको छ । एमाले सचिव भट्टराईका अनुसार यस अघि बिहान साँढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा पुनः प्रमुख तीन दलको बैठक बस्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);