नदीको जलस्तर बढेपछि महाकाली पुलमा चार पांग्रे आवत जावत बन्द (भिडियोसहित) | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

नदीको जलस्तर बढेपछि महाकाली पुलमा चार पांग्रे आवत जावत बन्द (भिडियोसहित)

पुष्कर भट्ट,साउन २२ । महाकाली नदीको जलस्तर बढेपछि महाकाली नदीमाथि बनेको बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द गरिएको छ । पुल जिर्ण भैसकेको कारणले महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक भन्दा माथी नाघेपछि बनबासा पुलमा चार पाङ्ग्रे सवारीसाधन आवत जावतमा बन्देज लगाउने गरिन्छ ।

बनबासा पुलमा चार पाङ्ग्रे सवारी आवतजावत बन्द भएपछि नेपाल भारत मैत्री बस सेवा अन्तर्गत महेन्द्रनगर बाट हरिद्धार र दिल्ली चल्ने बसहरु यतिबेला पुलवारी नै रोकिएका छन भने साना सवारीसाधन पनि पुल पारी र पुल वारी नै रोकिएका छन। आइतबार बिहान १० बजे देखी महाकाली नदीको जलस्तर बठ्न शुरु भएको हो । अहिले ४ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ६३ हजार ९ सय ५० क्युसेक पुगेको छ भने अहिले पनि जलस्तर बढ्नेक्रममै रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परिगाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्रा सतर्कताको बिन्दु नाघेको छ ।

परिगाउँमा अहिले ५.८७ मिटर पानीको वहाव छ । सो ठाउँमा ५.८ मिटरको बहाव सतर्कताका बिन्दु हो भने ७.०० खतराको बिन्दु हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);