हरियाणा हिंसामा ७ जनाको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८१, सोमबार

हरियाणा हिंसामा ७ जनाको मृत्यु

एजेन्सी, १८ साउन । भारतको हरियाणाको नुहमा हिंसाको तेस्रो दिन पनि राज्यका ४ जिल्लाको अवस्था तनावपूर्ण रहेको छ । नुह, पलवल, फरीदाबाद र गुरुग्रामको सोहना, मानेसर र पटोदीमा ५ अगस्टसम्म इन्टरनेट र एसएमएस सेवा बन्द गरिएको छ । यी चार जिल्लामा अर्धसैनिक बलका २० कम्पनी तैनाथ गरिएको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् ।

बुधबार अबेर राति नूहको तावडु क्षेत्रमा रहेका दुई धार्मिक स्थलमा केही व्यक्तिले आगजनी गरेका छन् । प्रहरीले घटनास्थल पुगेर स्थिति नियन्त्रणमा लिएको थियो । जिल्लामा ३ दिनका लागि जारी गरिएको कर्फ्युमा आज ३ घण्टाको छुट दिइएको छ ।

स्थिति ह्यान्डल गर्न, हरियाणा सरकारले दोस्रो भारत रिजर्व बटालियन (क्ष्च्द्य) को मुख्यालय नुह जिल्लामा सारिएको छ । यस बटालियनमा एक हजार सैनिक छन् । अमेरिकाले पनि हरियाणा हिंसालाई लिएर बयान दिएको छ । स्टेट डिपार्टमेन्टका प्रवक्ता म्याथ्यु मिलरले भने,‘हामी सबै पक्षहरूलाई हिंसाबाट टाढा रहन र शान्ति स्थापना गर्न अपील गर्दछौं।’

हिंसामा हालसम्म ६ जनाको मृत्यु भइसकेको छ । जसमा २ जना होमगार्ड गुरसेवक र नीरज, नुहका शक्ति, पानीपतका अभिषेक, गुरुग्रामका इमाम, बादशाहपुरका प्रदीप शर्मा र अन्य १ जना रहेका छन् ।
राज्यका ९ जिल्लामा धारा १४४ लागू छ। बुधबार पनि धेरै जिल्लामा छिटपुट हिंसा भएको खबर आएको छ ।

सो राज्यमा पुलिसले कुल ६८ मुद्दा दर्ता गरेको छ। १६५ जना पक्राउ परेका छन् भने ९६ जनालाई हिरासतमा राखिएको छ । नुहमा ४१, गुरुग्राममा १८ र पलवलमा ९ एफआईआर दर्ता भएका छन्। नुहमा ११५ जना र गुरुग्राममा ५० जनालाई पक्राउ गरिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);