दार्चुला । नेपाली सेनामा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ८ जनाको गिरोह लाई सार्बजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुला ले पत्रकार सम्मेलन गरी नेपाली सेना मा जागिर लगाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका ८ जनाको गिरोहलाई सार्बजनिक गरेको हो ।
नेपाली सेनामा जागिर लगाई दिने भनि ठगि गरेको आरोपमा पक्राउ पर्नेमा महाकाली न पा ३ बाँज का नरेन्द्र सिह महर, ईश्वर सिह महर, बिसन सिह नगाल, रमेश सिह महर, देव सिह महर, रुकुम सिह महर, मालिकार्जुन गा पा ३ का श्याम सिह धामी र कैलाली को गोदावरी न पा ३ कालिका टोल का शंकर भुल रहेको प्रहरी नायव उपरिक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिएका छन्।
नरेन्द्र सिह महराले आफु नेपाली सेनाको देवीदल गण अत्तरियामा कार्यरत जागिरबाला ब्यक्ती रहेको भन्दै बिभिन्न ब्यक्तिहरुबाट विभिन्न समयमा बैंक खाता, र ईसेवा आईडि मार्फत नगद रुपैयाँ लिएको अनुसन्धानले देखाएको प्रहरी नायव उपरिक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिएका छन्।
७ जना बाट बिभिन्न समयमा १४ लाख ९५ हजार ठगी गरि रकम असुल गरेको प्रहरीले जानकारी दिएको छ । उनीहरुमाथि ठगी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक (डीएसपी) तर्कराज पाण्डेयले जानकारी दिएका छन् ।