खेतमा जडान गरी राखेको पानी तान्ने पम्पीसेट चोरी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

खेतमा जडान गरी राखेको पानी तान्ने पम्पीसेट चोरी

रौतहट,१८ साउन । चोरीका सामानसहित दुई जना पक्राउ परेका छन् । गरुडा नगरपालिका–९ रघुनाथपुर बस्ने होशनारायण यादवको खेतमा जडान गरी राखेको पानी तान्ने पम्पीसेट चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका–२ हथियोल बस्ने २७ वर्षीय सिद्विलाल साह र ३५ वर्षीय दिपेश पासवान रहेका छन् । गएराति उक्त पानी तान्ने पम्पीसेट चोरी भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नरकटियाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूले प्रदेश २–०३–००१ ह ९४९ नम्बरको अटोमा लगि सर्लाही गोडैता नगरपालिका–८ स्थित कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रहरी चौकी गोडैता सर्लाहीसँग समन्वयमा पम्पीसेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);