४०७ केन्द्रीय समिति बनाउने माओवादीको तयारी | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

४०७ केन्द्रीय समिति बनाउने माओवादीको तयारी

काठमाडौं, १७ साउन । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले ४०७ केन्द्रीय समिति बनाउने भएको छ । ३८५ सदस्यीय केन्द्रीय समितिलाई विस्तार गरेर ४०७ सदस्यीय बनाउने निर्णय आज बिहान बसेको पदाधिकारी र स्थायी कमिटी बैठकले गरेको हो ।

आजबाट सुरु हुने केन्द्रीय समिति बैठकमा विधान संशोधन प्रस्ताव पेश हुँदै छ । केन्द्रीय समितिबाट विधान संशोधन गरेपछि महिला, युवा र छुटेका केही सिनियर नेताहरुलाई केन्द्रीय समितिमा समावेश गर्ने बताइएको छ ।
माओवादी केन्द्रको पाँच दिने केन्द्रीय समिति बैठक आज १ बजेदेखि प्रज्ञा भवन कमलादीमा सुरु हुँदै छ ।

माओवादीका प्रवक्ता कृष्णबहादुर महराले भने– ‘अस्ति पदाधिकारीको बैठकमा लाइभ गर्ने भन्ने थियो । स्थायी कमिटीमा नगर्ने भन्ने निर्णयमा पुग्यौँ । केन्द्रिय कमिटी निर्माणमा केही विधान विपरित काम भएका छन् । त्यसकारणले विधान आज संशोधन गरेर भोलिदेखि थप केही विशेष गरेर महिला, समावेशी, युवा, छुटेका सिनियर साथीहरुलाई ल्याउने कुरा भएको छ । को ल्याउने कुरा भएको छैन कि विधान संशोधन हुन्छ ।’

आजको केन्द्रिय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्ने र केही नेताहरुले बोल्ने पनि उनले जानकारी दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);