काठमाडौं, २८ पुस । नेपाली कांग्रेसका नेता डाक्टर रामशरण महतले संवैधानिक व्यवस्थामा नै जटिलताहरु भएकाले नयाँ सरकार गठनमा ढिलाई भएको बताएका छन् ।
शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले विश्वमै उत्कृष्ठ संविधान बनाउने भन्दै राखिएका संबैधानिक प्रावधान नै सरकार गठनका बाधक बनेको उनको ठहर छ ।
संविधानमा उल्लेखित प्रावधान र व्यवस्थाका कारण सरकार गठनमा ढिलाई भएकाले कसैलाई दोषारोपण गर्नुको औचित्य नहरेको उनको भनाई थियो ।
नेता महतले सरकारमा बसिरहने सोचमा प्रधानमन्त्री नभएको बताए । यथाशिघ्र प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेर सत्ता हस्तान्तरण गर्नुपर्छ भन्ने मान्यतामा प्रधानमन्त्री रहेकाले उहाँको नियतमा शंका नगर्न महतले आग्रह गरे ।