महाकाली नदीमा बढ्यो जलस्तर, बनबासा पुलमा चार पांग्रे सवारी आवतजावत बन्द | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

महाकाली नदीमा बढ्यो जलस्तर, बनबासा पुलमा चार पांग्रे सवारी आवतजावत बन्द

काठमाडौं । महाकाली नदीको जलस्तर बढेपछि बनबासा पुलमा चार पांग्रे सवारी आवतजावत बन्द गरिएको छ ।

महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक भन्दा माथी नाघेपछि पुलमा चार पाङ्ग्रे सवारीसाधन आवत जावत बन्द गरिएको हो । दिउँसो १२ बजेको मापन अनुसार महाकाली नदीमा पानीको बहाव १ लाख ३० हजार ६ सय ४८ क्युसेक पुगेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले डडेल्धुराको परि गाउँस्थित महाकाली नदीमा राखेको जल मापन प्रणालीका अनुसार नदीमा पानीको मात्राले सतर्कताको बिन्दु नाघेको छ । परिगाउँमा अहिले ५.८७ मिटर पानीको वहाव छ । सो ठाउँमा ५.८ मिटरको बहाव सतर्कताका बिन्दु हो भने ७.०० खतराको बिन्दु हो ।

नेपालकाृे पश्चिमी पहाडी भूभागमा भने पछिल्लो २४ घण्टामा ठूलो वर्षा भएको छैन । दार्चुलामा पछिल्लो २४ घण्टामा २४ मिलिलिटर वर्षा भएको छ भने जोगबुडामा ११ मिलिलिटर वर्षा भएको छ । त्यस्तै महाकाली नदीका सहायक नदी चमेलिया, सुर्नयागाड, रुपाली गाड र रंगुन खोलामा पनि जलस्तर बढेको विभागको सो प्रणालीले देखाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);