अक्सिजन अभावले जहाज मलेसियामा ग्राउन्डेड भएको घटनाको सत्यतथ्य अनुसन्धान गर्न उपसमिति गठन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १८ २०८१, आइतबार

अक्सिजन अभावले जहाज मलेसियामा ग्राउन्डेड भएको घटनाको सत्यतथ्य अनुसन्धान गर्न उपसमिति गठन

nepal airlines

काठमाडौं । अक्सिजन अभावले जहाज मलेसियामा ग्राउन्डेड भएको घटनाको सत्यतथ्य अनुसन्धान गर्न नेपाल वायुसेवा निगमले उपसमिति गठन गरेको छ ।

निगमले चालक दलका लागि ककपिटमा रहने सिलिन्डरमा अक्सिजनको मात्रा घटेको विषयमा छानबिन गर्न निर्देशक महेश मारिताको संयोजकत्वमा मंगलबार छानबिन उपसमिति गठन गरेको हो । समितिलाई एक साताभित्र अनुसन्धान गरी प्रतिवेदन बुझाउने समय दिइएको छ ।

अर्का निर्देशक पोषक ज्ञवाली सदस्य रहेको समितिले अक्सिजन बोतलको प्रेसर किन÷कसरी घट्यो भन्ने अनुसन्धान गरी भविष्यमा यस्तै प्रकृतिका घटना हुन नदिन सिफारिस गर्नुपर्ने छ ।

उपसमितिलाई ‘मूल कारण विरुद्ध सुधारात्मक कारबाही सिफारिस गर्ने र यस घटनाको लागि जानाजानी कारबाही भएको खण्डमा जिम्मेवार व्यक्तिलाई सजायको कारबाही सिफारिस गर्नुपर्ने,’ कार्यादेश तोकिएको छ । जहाजमा चालक दलका लागि आवश्यक अक्सिजनको मात्रा अत्याधिक न्यून देखिएपछि मंगलबार बिहान नेपाली समयअनुसार ३ बजे काठमाडौंका लागि उड्नुपर्ने निगमको न्यारोबडी क्वालालम्पुरमै रोकिएको हो । त्यहाँको स्टेशनले एयर एसियासँग अक्सिजन मागेर प्रबन्ध गरेपछि न्यारोबडी १ सय ५२ यात्रु बोकेर झन्डै ११ घन्टा ढिलो मलेसियाबाट उडेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);