सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम लिदैन्ः गृहमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

भदौ २८ २०८३, सोमबार

सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम लिदैन्ः गृहमन्त्री श्रेष्ठ

काठमाडौ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुशासन स्थापनाका लागि सरकारको अभियानले विश्राम नलिने स्पष्ट गर्नुभएको छ ।

बिहीवार राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले देशको समृद्धिको लक्ष्य हासिल गर्ने पूर्वशर्त सुशासन भएको भन्दै सरकारको अभियानले विश्राम नलिने स्पष्ट गर्नु भएको हो । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायलाई केन्द्रबिन्दुमा राखेर काम अगाडी बढाइरहेको उल्लेख गर्नुभयो । मन्त्री श्रेष्ठले धनि र गरिब तथा सम्पन्न र विपन्नलाई छुट्टाछुट्टै कानून हुँदैन भन्ने प्रमाणित गर्ने दाबी समेत गर्नुभयो ।

यसैगरी उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको अखण्डता, राष्ट्रिय स्वाभिमानको रक्षाक लागि सरकार कटिबद्ध रहेको बताउनु भयो । सेनाको कटौतीका सम्बन्धमा भने यो हुन नसक्ने मन्त्री खड्काले स्पष्ट गर्नुभयो ।

संविधानले दिएको जिम्मेवारी पुरा गर्न नेपाली सेना सधै क्रियाशिल रहेको मन्त्री खड्काले उल्लेख गर्नु भयो ।

Leave a Reply

ताजा समाचार