सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छः उपप्रधानमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको छः उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको छ ।

बिहीवार नेपाल पर्वतारोहण संघको ३३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताउनुभएको हो ।

उहाँले जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेका बताउनु भयो । उहाँले सरकारले सुशासनको अभियानबाट विश्राम नलिने स्पष्ट पार्नुभयो ।

उहाँले यस अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध नेपाल बनाइ छाड्ने बताउनु भयो । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउनका लागि राष्ट्रिय मुद्दाहरुमा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताउनु भयो ।

गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पु¥याउने पनि बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);