सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न थालेः गृहमन्त्री श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न थालेः गृहमन्त्री श्रेष्ठ

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताउनुभएको छ ।

गोरखाको अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ’भच्चेक आधारभूत अस्पताल’को उद्घाटन गर्दे मन्त्री श्रेष्ठले भ्रष्टाचार र तस्करका संरक्षकहरू घेराबन्दी गरिरहेको बताउनुभएको हो ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने समेत बताउनुभएको हो । ‘सरकारलाई, मन्त्रीलाई घेराबन्दीमा राख्छौं भनेर कसैले नसोचे हुन्छ ।

पदका लागि नभइ देश र जनताको सेवा गर्न आएको भन्र्द मन्त्री श्रेष्ठले जुन दिनसम्म सरकारमा रहन्छौं, यो सुशासनको अभियान नरोकिने स्पष्ट गर्नुभयो ।

राजनीतिक परिवर्तनलाई सामाजिक–आर्थिक परिवर्तनसँग जोड्नुपर्ने, त्यसका लागि सामाजिक न्यायसहितको समृद्धि सबै तहका सरकारको प्राथमिकता हुनुपर्ने र प्रधानमन्त्री प्रचण्डको मुल ध्येय पनि यही रहेको उहाँले बताउनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);