पृथ्वीनारायण शाह किन आज पनि उस्तै लोकप्रिय छन् ? | ईमाउण्टेन समाचार

Our Network

फागुन ९ २०८२, आइतबार

पृथ्वीनारायण शाह किन आज पनि उस्तै लोकप्रिय छन् ?

मञ्जू कार्की
काठमाडाैं, २७ पाैष । झण्डै २ सय ३७ वर्षे इतिहास बोकेको शाही शासन अन्त्य भएर नेपाल अहिले ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक’ व्यवस्थामा चलिरहेको छ । तर, बहिर्गमित शाहीवंश मध्येका पृथ्वीनारायण शाहको कद आज पनि उस्तै उच्च छ । राष्ट्रनिर्माता, राष्ट्रका पिता र राष्ट्रवादीजस्ता उपमा दिइने तत्कालीन राजा पृथ्वीनारायण शाह आखिर किन आज पनि उस्तै लोकप्रिय छन् त ?

पृथ्वी नारायण शाह नेपाल भित्रको सानो पहाडी राज्य गोरखाका राजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोराको रुपमा वि.सं.१७७९ पौष २७ गत्ते जन्मीएका हुन् । स– साना राज्य रजौटामा बाँडिएको बाईसे तथा चौबिसे राज्यहरुलाई एकत्रित गरी एउटै देशको सृजना गर्ने शाह आधुनिक नेपालको राष्ट्रनिर्माताका रूपमा चिनिन्छन्।

शाहले स–साना राज्य तथा क्षेत्र जस्तै भिरकोट, कास्की, लम्जुङ गोरखामा राज गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गरेका थिए । त्यसअघि काठमाडौँलाई मात्र नेपाल भनिन्थ्यो । शाहले नेपाल एकिकरणको जग बसालेका कारण उनलाई राष्ट्रपिता पनि भनिन्छ ।

पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू–भाग नेपाल अधिनस्थ थियो । हाल यसको अधिकांश हिस्सा भारतमा छ ।

बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती शाहलाई सुरूदेखि नै रामायण, महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिईएको थियो । धनुवाण, तरबार, घोडसवारी दौड आदिमा पनि शाह निपूर्ण मानिन्थे । पृथ्वीनारायण शाहको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसँग भएको थियो । वि.स.१७९९ मा राजा नरभूपाल शाहको मृत्यु भएपछि पृथ्वीनारायण शाह २० वर्षको उमेरमा गोरखाका राजा भएका थिए ।

 

पृथ्वीनारायण शाहले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भयो । पछि नेपाल अंग्रेज युद्धपछि सुगौली सन्धिसम्म यो भू–भाग नेपाल अधिनस्थ थियो । हाल यसको अधिकांश हिस्सा भारतमा छ ।

पृथ्वीनारायण शाहले नेपाल एकीकरणको महायात्रा सुरू गरी कैयौं स्थानलाई नेपालमा गाभेर ४ जात ३६ वर्णको फूलबारीको सृष्टि गरेका थिए । पृथ्वीनारायणको उद्देश्यलाई युगको मागका रूपमा इतिहासकारले हेर्ने गरेका छन् । तत्कालीन बाइसे र चौबीसे राज्य, उपत्यकाका विभाजित मल्ल राज्य, पूर्वका किराँत र लिम्बुवान क्षेत्रहरू सबैतिर एउटा सशक्त राष्ट्रवादी शक्तिको आवश्यकता बढ्दै गएको थियो । जसको नेतृत्व पृथ्वीनारायण शाहले गरेका थिए । पृथ्वीनारायण शाहले विभिन्न सिंगो मुलुक बनाउन राज्यहरुमाथि सीमित हातहतियार र सैनिकको बलमा विभिन्न राज्यमाथि पटक–पटक आक्रमण गरे । आफै पनि आक्रमणको शिकार बने । तर, कहिले पनि हार मानेनन् । अन्ततः सिंगो नेपाल बनाइछाडे ।

विभिन्न राज्यहरुमाथिको जितका लागि शाहले कुनै राज्यका राजकुमारी सँग विहे गर्थे त कुनै राज्यका राजासँग मितेरी गाँस्थे । वि.सं. १८३१ मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिरामी परे । स्वास्थ्य अवस्था झन–झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरु दिएका थिए । जसलाई ‘दिव्य उपदेश’ समेत भनिन्छ ।

 

चर्को जन दबाबका कारण सरकार यस बर्ष देखि पौष २७ गतेलाई पृथ्वी जयन्तीका अवसरमा फेरि सार्वजनिक विदा दिन बाध्य भएको छ । आज मुलुक संकटमा परेको वेला नेतृत्वले मुलुकका निम्ती पृथ्वीनारायण शाहबाट अनुकरण गर्नुपर्ने धेरै रहेको इतिहासका जानकार बताउँछन् ।

 

त्यसमध्ये केहि उपदेश आज पनि उत्तिकै ताजा छन् । ‘नेपाल दुई ढुंगाबीचको तरुल जस्तो रहेछ । दक्षिणको बादशाह महाचतुर रहेछ । जाइकटक नगर्नु, झिकी कटक गर्नु । नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो ।’ आदि जस्ता सान्दर्भिक उपदेशहरु पृथ्वीनारायण शाहले दिएका थिए । माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम ‘मोहन तीर्थ’ देवीघाटमा उनको निधन भयो ।

करिब ३ सय वर्षपछि आज मुलुकको राष्ट्रियता, नागरिक सर्वोच्चता जोखीममा छ । अदभुत बल र विवेक प्रयोग गरेर स–साना राज्यलाई एकिकरण गरि नेपाल राष्ट्र निर्माण गर्ने पृथ्वी नारायण शाहका शालिक गणतन्त्र स्थापनापछि तोडिए । चोक चोकमा रहेका शाहका शालिक तोडिदा जनताका मनमा भने पृथ्वीनारायण शाहको स्थान मजबुद भयो । चर्को जन दबाबका कारण सरकार यस बर्ष देखि पौष २७ गतेलाई पृथ्वी जयन्तीका अवसरमा फेरि सार्वजनिक विदा दिन बाध्य भएको छ । आज मुलुक संकटमा परेको वेला नेतृत्वले मुलुकका निम्ती पृथ्वीनारायण शाहबाट अनुकरण गर्नुपर्ने धेरै रहेको इतिहासका जानकार बताउँछन् ।