भरतपुरमा भोलि माओवादीको खबरदारी सभा | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

भरतपुरमा भोलि माओवादीको खबरदारी सभा

२०८१,८,२४
नेकपा माओवादी केन्द्रले भोलि मंगलबार भरतपुरमा खबरदारी सभा गर्दै छ। बेथिति भ्रष्टाचार महङ्गी र सरकारको जनविरोधी कदमविरुद्ध खबरदारी सभा गर्न लागिएको नेकपा माओवादी केन्द्र चितवनका संयोजक रामचन्द्र अधिकारीले बताए।उक्त सभालाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले जानकारी दिए।

नेकपा माओवादी केन्द्र भरतपुर महानगर समितिको आयोजनामा हुन लागेको खबरदारी सभामा महानगरका २९ वडाबाट आउने जुलुस भरतपुरको २४ कोटीमा भेला हुने कार्यक्रम तय गरिएको महानगर समितिका अध्यक्ष ईश्वर सापकोटा सुमनले बताए।

खबरदारी सभामा दिउँसो १२स्३० बजे अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको अध्यक्ष सुमनले जानकारी दिए।माओवादीले यसअघि काठमाडौँमा विशाल खबरदारी सभा सम्पन्न गरिसकेको छ। त्यसपछि चितवनमा पहिलो खबरदारी सभा गर्न लागेको हो।

Leave a Reply

ताजा समाचार