जनकपुरमा आज राप्रपाको खबरदारी सभा | ईमाउण्टेन समाचार

Our Network

असार २७ २०८३, आइतबार

जनकपुरमा आज राप्रपाको खबरदारी सभा

२०८१,१२,९

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले आज मधेश प्रदेशको जनकपुरमा खबरदारी सभा गर्ने भएको छ। राजसंस्थाको पुनस्थपना, हिन्दु राज्य घोषणा, मुलुकमा बढ्दो भ्रष्टाचार र बेथितिविरुद्ध देशका मुख्य शहरहरूमा खबरदारी सभा गर्दै आएको राप्रपाले आज जनकपुरस्थित तिरहुतिया गाछीमा बिहान ११ बजे सभा गर्न लागेको हो।

सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनसहितका शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले जानकारी दिए। राप्रपाले यसअघि गण्डकीको पोखरा र कर्णालीको सुर्खेतमा खबरदारी सभा गरिसकेको छ। गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले देश जोगाउन आफूलाई सहयोग गर्न आह्वान गरेसँगै राजावादीहरु सक्रिय बनेका छन्। गत फागुन २५ गते पूर्वराजा शाह पोखराबाट काठमाडौं आउने क्रममा ठूलो भीडले स्वागत गरेको थियो ।

भीड देखेर हौसिएका पूर्वराजा शाह पनि विभिन्न कार्यक्रम बनाएर देश दौडाहामा निस्कन थालेका छन् । पोखराबाट फर्किएको दुई साता नबित्दै उहाँ अहिले फेरि गोरखनाथ, गोरखकाली तथा मनकामना मन्दिरमा पूजा अर्चना गर्न गोरखा पुगेका छन्।

 

Leave a Reply