काठमाडौं । बंगलादेशका पूर्व कप्तान तमिम इकबालले एकदिनमै सन्यासको घोषणा फिर्ता लिएका छन् ।
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई भेटेपछि इकवालले तत्कालको लागि लागु हुने गरि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने भन्दे गरेको घोषणा फिर्ता लिएका हुन् । आफ्नी पत्नीतथा बंगलादेश क्रिकेट बोर्डका अध्यक्ष नाज्मुल हसन र पूर्व तीव्र गतिका बलर मशफे मुर्तजासँग प्रधानमन्त्री शेख हसिनालाई भेटेका इकबालको सन्यास टरेको हो । निकै भावुक रुपमा अप्रत्याशित सन्यासपछि तमिमलाई प्रधानमन्त्री हसिनाकै े बोलाउनु भएको हो । । प्रधानमन्त्रीसँग लामो छलफलपछि उनले क्रिकेटमा फर्किने निर्णय लिएका हुन् । इकवालले प्रधानमन्त्री हसिनालाई डेढ महिना विश्राम र आफनो चोटको उपचार गरेर क्रिकेटमा फर्किने बताएका छन् । प्रधानमन्त्रीले नै सन्न्यास फिर्ता लिन भनेपछि अस्वीकार गर्न नसकेको तमिमको भनाइ छ ।
अफगानिस्तानसँग पराजित भएपछि तमिमले एक्कासी सन्यासलिने घोषणा गरेका थिए । तमिमले सन्न्यास लिएपछि बंगादेशले अफगानिस्तानसँग हुने बाँकी दुई एकदिवसीय खेलको लागि लिटन दासलाई कप्तान तोकिसकेको छ । ३४ वर्षीय तमिमले बंगलादेशबाट ७० टेस्ट, २ सय ४१ ओडिआई र ७८ ठि२० आई खेल खेलेका छन् । टेस्टमा उनले १० शतक र ३१ अर्धशतकसहित ५ हजार १ सय ३४ रन बनाएका छन् । ओडिआईमा १४ शतक र ५६ अर्धशतकसहित कुल ८ हार ३ सय १३ रन बनाएका छन् । टि२० बाट भने उनले गतवर्ष नै सन्यास लिइसकेका छन् ।