पुष्पकमल दाहाल र मोहनबिक्रम सिंहबीच भेटवार्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ९ २०८१, आइतबार

पुष्पकमल दाहाल र मोहनबिक्रम सिंहबीच भेटवार्ता

काठमाडौं, २७ पुष । ने.क.पा.(माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र ने.क.पा. (मसाल) का महामन्त्री मोहनबिक्रम सिंहबीच भेटवार्ता भएको छ ।

अध्यक्ष दाहाललाई बिहीबार उहाँकै निवास खुमलटार पुगेर भेटेका मसाल महामन्त्री सिंहले वाम गठबन्धनलाई कायमै राखेर अघि बढ्न सुझाव दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि वाम गठबन्धन बनाएकै कारण चित्तबुझ्दो जनमत पाएको भन्दै राष्ट्रिय सभा निर्वाचनमा पनि एमाले, माओवादी केन्द्र र मसाल बीचको चुनावी तालमेल कायमै राखिने बताए ।

अध्यक्ष दाहालले एमाले र माओवादी केन्द्रबीच एकताका लागि भएका पहल र प्रगतीबारे पनि सिंहलाई जानकारी गराएको दाहालको निजी सचिवालयले जनाएको छ । सिंहले एकताको प्रयास सकारात्मक भएको भन्दै मिलेर अघि बढ्नुको विकल्प नभएको बताए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);