काठमाडौं आउँदै गरेको नाइट बस दुर्घटना | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

काठमाडौं आउँदै गरेको नाइट बस दुर्घटना

काठमाडौं, १५ असार । बझाङबाट काठमाडौं आउँदै गरेको नाइटबस कपिलवस्तुमा दुर्घटनामा परेको छ । ना ६ ख १३३९ नम्बरको नाइटबस आज बिहान ५ बजे शिवराज नगरपालिका ३ देउराली मोडमा दुर्घटनामा परेको हो ।

४० जना यात्रु बोकेर काठमाठौंतर्फ आउँदै गरेको बसमा ४० जना सवार थिए । ती मध्ये ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये चार पुरुष र दुई महिला छन् । घाइतेमध्ये एक महिला र पुरुषको अवस्था गम्भिर रहेको छ । उनीहरुको चनौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ ।

तीव्र गति र मोड भएको कारण दुर्घटना भएको हो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);