एमाले जिल्ला कमिटि बैठक सर्वसम्मत गर्न थप दुई दिनको समय | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

एमाले जिल्ला कमिटि बैठक सर्वसम्मत गर्न थप दुई दिनको समय

देवराज सुबेदी
मेलम्ची, ०७ बैशाख ।
नेकपा एमाले सिन्धुपाल्चोकले स्थानिय तहमा आफ्ना उम्मेदवारहरु सर्वसम्मत भएर नआएपछि पुनः सर्वसम्मत गर्न मातहतका कमिटिलाई थप दुई दिनको समय दिने निर्णय गरेको छ । हिजो र आज बसेको एमाले सिन्धुपाल्चोक जिल्ला कमिटिको बैठकमा विभिन्न स्थानिय तहबाट सिफारिस गरिएका उम्मेदवार र पार्टीको

एमाले जिल्ला कमिटि बैठक सर्वसम्मत गर्न थप दुई दिनको समय

देवराज सुबेदी मेलम्ची, ०७ बैशाख । नेकपा एमाले सिन्धुपाल्चोकले स्थानिय तहमा आफ्ना उम्मेदवारहरु सर्वसम्मत भएर नआएपछि पुनः सर्वसम्मत गर्न मातहतका कमिटिलाई थप दुई दिनको समय दिने निर्णय गरेको छ । हिजो र आज बसेको एमाले सिन्धुपाल्चोक जिल्ला कमिटिको बैठकमा विभिन्न स्थानिय तहबाट सिफारिस गरिएका उम्मेदवार र पार्टीको अवस्थाबारे छलफल गरिएको थियो । जिल्लाको हेलम्बु गाउँपालिका, पाँचपोखरी थांगपाल गाउँपालिका, ईन्द्रावती गाउँपालिका, बलेफी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका बाहेकका ठाऊँमा एमालेले अध्यक्षको उम्मेदवार टुंगो लगाउन सकेको छैन ।

 

जिल्लाका तिन ओटा नगरपालिका मेलम्ची, चौतारा साँगाचोकगढी र बाह्रबिसे लगायत अन्य गाउँपालिकाका प्रमुखका उम्मेदवारहरुको टुंगो नलागेपछि छलफलका लागि जिल्ला कमिटि पुर्याइएको थियो । जिल्ला कमिटिले गरेको निर्णय अनुसार थप गरिएको समयसिमाभित्र समेत सर्वसम्मत हुन नसकेमा सिफारिश गरिएका आकांक्षीहरुको नामको निर्णय गर्न प्रदेश कमिटि पुर्याइनेछ । यसअघि वडा कमिटिमा नटुंगिएका उम्मेदवारलाई जिल्ला कमिटिले टुंगाइने भनिए पनि ती नाम पनि सिधै प्रदेश कमिटि पुर्याइने निर्णय गरिएको एमालेले जनाएको छ ।

 

यसैबिच, नेकपा एमालेका केन्द्रिय सदस्य शेर बहादुर तामांगले पार्टीको निति नै जनस्तरमा लोकप्रिय नेतालाई उम्मेदवार बनाइने भएकोले सोही अनुसार पार्टीले निर्णय गर्ने बताउनुभयो । एमाले जिल्ला कमिटिको बैठकले जिल्लाका स्थानिय तहमा आफ्नो पक्षमा जनमत राम्रो रहेको भन्दै कार्यकर्तालाई उत्साहपुर्वक चुनावमा केन्द्रित हुन अपिल गरेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);