निर्वाचन आचरसंहिता विपरीत उद्घाटनमा व्यस्त | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

निर्वाचन आचरसंहिता विपरीत उद्घाटनमा व्यस्त

देवराज सुवेदी, ८ वैशाख सिन्धुपाल्चोक ।
निर्वाचनको मिति घोषणा भएपछि मतदाताहरुलाई प्रत्यक्ष प्रभावित काम नगर्न सबै राजनीतिक दलहरुलाई निर्वाचन आयोगले भनेपनि सिन्धुपाल्चोकमा भने राजनीतिक दलहरुले आचरसंहिता विपरीत काम गर्न थालेका छन् ।
निर्वाचन सुरु भएपछि सडक निर्माण लगायत अन्य कामहरु,निर्माण भएका भौतीक संचनाहरुको उद्घाटन

निर्वाचन आचरसंहिता विपरीत उद्घाटनमा व्यस्त

 

 

देवराज सुवेदी, ८ वैशाख सिन्धुपाल्चोक । निर्वाचनको मिति घोषणा भएपछि मतदाताहरुलाई प्रत्यक्ष प्रभावित काम नगर्न सबै राजनीतिक दलहरुलाई निर्वाचन आयोगले भनेपनि सिन्धुपाल्चोकमा भने राजनीतिक दलहरुले आचरसंहिता विपरीत काम गर्न थालेका छन् । निर्वाचन सुरु भएपछि सडक निर्माण लगायत अन्य कामहरु,निर्माण भएका भौतीक संचनाहरुको उद्घाटन लगायतका गतिविधिहरु गर्न नपाइने भएपनि माओवादी केन्द्रका नेताहरु निर्वाच्न आचारसंहिता विपरीत नयाँ सडक खन्ने र त्यसको उद्घाटनमा व्यस्त हुन थालेका छन् ।

 

तत्कालिन स्थानीय विकास मन्त्रीका सल्लाहकार माधव सापकोटाको पहलमा स्थानीय विकास मन्त्रालयबाट माओवादी नेताहरुको सिफारिसमा सिन्धुपाल्चोकमा विभिन्न योजनाहरुमा रकम हालिएको थियो । जिल्ला समन्वय समिति मार्फतबाट सडक निर्माण लगायत अन्य कार्यहरु हुने भएपनि चुनाव निजकदै जाँदा मतदातालाई प्रभावित पार्ने गरी माओवादी केन्द्रका स्थानीय कमिटी सदस्य एवम पुर्व मन्त्री अग्नि सापकोटाले सडक उद्घाटन गरेका छन् । हाल बलेफी गाउँपालिका फुल्पिङडाँडाको सातदोबाटे ,नेपाली टोल हुदै अदमारसम्म पुग्ने सडक केही दिन अघि मात्रै डोजर लगाएर निर्माण भएको थियो ।

 

निर्माण सकिन साथ माओवादी केन्द्रका नेताहरुको सहभागीतामा सापकोटाले पसल काटेर सडक उद्घाटन गरेका थिए । केही दिन अघि मात्रै गाउँमा सडक लैजाने आश्वासन दिएर अन्य पार्टीका कार्यकर्ताहरुलाई माओवादीमा प्रवेश गराइएको थियो । केही दिन अघि प्रवेश गराइयो अनि उनीहरुलाई प्रभावमा पार्नका लागि डोजर लगेर बाटो बनाइयो,काँग्रेसका एक स्थानीय नेताले भने । निर्वाचन आचरसंहिता विपरीत माओवादी र काँग्रेसका नेताहरुले काम गर्ने गरेको अन्य पार्टीहरुले आरोप लगाएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);