बजेट कर्मकाण्डी आएकै हो त ! | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

बजेट कर्मकाण्डी आएकै हो त !

काठमाडौं, ११ असार । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभएको छ । आइतवार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहनुभएका परियारले यस्तो बताउनुभएको हो ।

उहाँले बजेट कर्मकाण्डी आएको बताउनु भयो । उहाँले बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने बताउनु भयो । उहाँले संसदमा पहिलो र दोस्रो ठूलो दल काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘बजेट कर्मकाण्डी आएको छ । अर्को पटक यस्तो आउने छैन । हामीले त्यसको तयारी गरिरहेका छौँ । यसका सैद्धान्तिक छलफलदेखि यसका नीति तथा कार्यक्रमदेखि लिएर सारा कुरालाई रि फ्रेम गर्नुपर्छ । त्यो गर्न राष्ट्रिय स्वतन्त्र पार्टी तयार छ । हामी जुन लोकतान्त्रिक व्यवस्थामा छौँ, त्यो व्यवस्थामा सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ । बजेटकै कारण अहिलेको सरकार यताउति हुनेकुरा हामीलाई थाहा छैन । रास्वपा स्थायी सरकारको पक्षमा छ । हामी देश र जनताको मुद्दा उठाइरहने तर सरकारले वास्ता नगर्ने हो भने हामी टुलुटुलु हेरेर बस्दैनौँ । काँग्रेस र एमाले संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँछन् भन्ने लाग्दैन ।’

रास्वपा स्थायी सरकारको पक्षमा रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);