मन्त्री श्रीपालीले दिलाए काभ्रेमा मारिएका मृतकका परिवारलाई राहत, बालबालिकालाई निशुल्क शिक्षा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

मन्त्री श्रीपालीले दिलाए काभ्रेमा मारिएका मृतकका परिवारलाई राहत, बालबालिकालाई निशुल्क शिक्षा

काभ्रेमा हत्या भएका अनिता मिजार र लक्ष्मी परियारका परिवारलाई दश दश लाख रुपैपाँ दिने सरकारको निर्णय, परिवारलाई तत्काल शव हस्तान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन

मन्त्री श्रीपालीले दिलाए काभ्रेमा मारिएका मृतकका परिवारलाई राहत

काठमाडौं । सरकारले काभ्रेमा हत्या भएका अनिता मिजार र लक्ष्मी परियारका परिवारलाई राहत स्वरुप जनहि दश दश लाख रुपैपाँ दिने निर्णय गरेको छ ।

बिहीबार बिहान प्धानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले पीडित परिवारलाई दश दश लाख रुपैयाँ राहत दिने निर्णय गरेमो युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपाइलीले जानकारी दिनुभयो ।

सरकारले मन्त्री श्रीपाइलीको संयोजकत्वमा काभ्रे हत्याको छानबीन र साहत सिफारीसका लागि समिति गठन गरेको थियो ।

समितिमा गृह मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य थिए । मन्त्री श्रीपालीको संयोजकत्वको समितिले मृतकका बालबालिकालाई निशुल्क शिक्षा दिने प्रवन्ध गर्न पनि सिफारीस गरेको थियो ।

सोहै अनुसार मन्त्रिपरिषद्ले शिक्षा मन्त्रालयलाई सो व्यवस्था मिलाउन र मृतकको शव परिवारलाई हस्तान्तरण गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);