बालेनको अवैतनिक सम्पदा सल्लाहकार भए यादवलाल कायस्थ | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

बालेनको अवैतनिक सम्पदा सल्लाहकार भए यादवलाल कायस्थ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अवैतनिक सम्पदा सल्लाहकारमा यादवलाल कायस्थ मनोनयन हुनु भएको छ । ज्येष्ठ ३१ गतेको प्रमुखस्तरीय निर्णयबाट उहाँलाई सल्लाहकार नियुक्त गरिएको हो ।

कायस्थ नेवा संस्कृतिक संरक्षणको अभियन्ताका हुनुहुन्छ । उहाँ हिटी म्यान (ढुङ्गेधारा संरक्षण र पुनस्र्थापनामा सक्रिय भएकोले) का रुपमा परिचित हुनुहुन्छ ।
परम्परागत गुथि व्यवस्था संकटमा परेका बेला चलेको आन्दोलनको नेतृत्व गर्नुभएका कायस्थ चोरी भएका मूर्ति फिर्ता ल्याउने र पुनस्र्थापना अभियानमा क्रियाशील हुनुहुन्छ ।

सल्लाहकारमा नियुक्त भइसकेपछिको योजनाका विषयमा सोधिएको प्रश्नमा कायस्थ भन्नुहुन्छ, ‘चोरिएका १५० वटाभन्दा धेरै मूर्ति फिर्ता भएका छन् । यसरी ल्याइएकामध्ये केही मूर्ति संग्रहालयमा र केही प्रहरी कार्यालयमा यत्तिकै राखिएका छन् । यी मूर्ति निर्माण र स्थापना अवधिमा पूर्खाहरुले जसरी जीवन पद्धति र समाजसँग जोडेका थिए । त्यही स्वरुप र आस्थाका साथ पुनःस्थापना गराउने कामलाई प्राथमिकता दिनेछु ।’

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);