साउथ एशियन चेस च्याम्पियनसिप मंगलवारबाट | ईमाउण्टेन समाचार

Our Network

असार १८ २०८१, सोमबार

साउथ एशियन चेस च्याम्पियनसिप मंगलवारबाट

काठमाडौं । दोस्रो साउथ एशियन चेस च्याम्पियनसिप मंगलवारबाट शुरु हुने भएको छ ।

नेपाल बुद्धिचाल महासंघले सोमवार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप मंगलवारबाट शुरु हुने जनाएको हो । ललितपुर गोदावरीस्थित भ्यु भृकुटीमा आयोजना हुने च्याम्पियनसिप असार ४ गतेसम्म सञ्चालन हुनेछ । च्याम्पियनसिपमा नेपाल,भारत,माल्दिभ्स, बंगलादेश, भूटान, पाकिस्तान र श्रीलंकाको सहभागिता रहनेछ ।

च्याम्पियनसिपमा हरेक देशबाट एक÷एक जना महिला र पुरुष खेलाडी, डिफेन्डिङ च्याम्पियन गरी १०–१० जना खेलाडीको सहभागिता जनाउने छन् । राउण्ड रोबिन प्रणालीमा आयोजना हुने च्याम्पियनसिपमा नेपालबाट फिडेमास्टर रुपेश जयसवाल, सुरवीर लामा, महिला फिडेमास्टर सुजना लोहनी, सुशिला गुरुङले सहभागिता जनाउने छन् ।

प्रतियोगिताको पुरुष विजेताले १ लाख ५० हजार, दोस्रोले १ लाख र तेस्रोले ५० हजार पाउनेछन् । महिलातर्फ विजेताले १ लाख, दोस्रोले ६० हजार र तेस्रोले ४० हजार पाउनेछन् । च्याम्पियनसिपमा ग्राण्डमास्टर सायनतन दासको सहभागिता रहने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);