ओलीको ब्रिफिङ - एकताबारे बोल्न निषेध | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

ओलीको ब्रिफिङ – एकताबारे बोल्न निषेध

काठमाडौं, २५ पुष । एमाले अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टी एकताको पक्षमा एक सय प्रतिशत दृढ रहेको उल्लेख गर्दै आशंका नगर्न आफ्नै पार्टीका नेताहरुलाई आग्रह गरेका छन् ।

नेताहरुबाट एकता प्रक्रियाबाट माओवादी टाढिने आशंका व्यक्त भईरहँदा अध्यक्ष ओलीले दाहालसँग आफ्नो लामो छलफल भईरहेको र एकताको विषय सकारात्मक दिशामा अघि बढिरहेको प्रस्ट पारेका हुन् ।,
आईतबार साँझ मात्र दाहालसँग करिब एक घण्टा कुरा गरेका उनले सोमबार दिउँसो पार्टी स्थायी समिति बैठकमा पछिल्लो छलफलबारे ब्रिफिङ गरे । आजको नागरिकमा यो खबर छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);