प्रधानमन्त्री प्रचण्ड जम्बो टोलिसहित भारत प्रस्थान | ईमाउण्टेन समाचार

Our Network

असोज १३ २०८१, आइतबार

प्रधानमन्त्री प्रचण्ड जम्बो टोलिसहित भारत प्रस्थान

काठमाडौं, १७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड  भारत भ्रमण प्रस्थान गरेका छन् ।

भारतको चार दिने औपचारिक भ्रमणका लागि प्रचण्डसहित सरकारी टोली नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने कार्यक्रम रहेको छ । नेपाल एयरलाइन्सको विमानमार्फत उडान भरेका प्रचण्ड २ बजेर ५५ मिनेटमा इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

भारतीय प्रधानमन्त्री  मोदीको औपचारिक निमन्त्रणामा उहाँ भारत जानुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत मन्त्रीहरूले बिदाई गर्नुभएको थियो । प्रधानमन्त्री दाहालले बिहीवार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्नुहुनेछ ।

मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको भ्रमण टोलीमा प्रधानमन्त्री प्रचण्डसहित भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री नारायणप्रसाद साउद, अर्थमन्त्री डा. प्रकाशशरण महत, उद्योगमन्त्री रमेश रिजाल हुनुहुन्छ ।

प्रधानमन्त्री दाहाल नेतृत्वको टोली जेठ २० गते स्वदेश फर्किने कार्यक्रम रहेको छ । भारत भ्रमणका क्रममा विद्युत बिस्तार, विद्युतमा भारतीय लगानी प्रवद्र्धन, भारतसँग भएका सम्झौताहरुको कार्यान्वयन, सीमा विवाद, नाकाहरु सञ्चलन लगायतका बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);