अमेरिकामा नेपालीलाई पर्ने सुख–दुःखको सहयात्री भवन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

अमेरिकामा नेपालीलाई पर्ने सुख–दुःखको सहयात्री भवन

काठमाडौं । एनआरएनए राज्यबाट अमेरिकाको भर्जिनियामा खरिद गरिएको भवनको विधिवतरुपबाट पुजा–आजाका साथ रिवन काट्ने कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्राय सबै एनआरएनए अभियानमा लाग्ने र एनआरएनका शुभचिन्तकहरुको उपस्थीति रहेको थियो । यो भवन नेपालीलाई पर्ने सुख–दुःख को सहयात्री भवन रहेको बताइएको छ । भवनको उद्घाटन पछि लामो समय देखि अमेरिका बस्दै आएका विजय बगालेले सामाजिक सञ्जाल मार्फत यसबारे जानकारी दिएका छन् ।

‘भनिन्छ, भवनले धेरै सामाजिक आवश्यकताहरू पुरा गर्छ । त्यो भावनात्मक र ब्यवहारिक आवश्यकता यो,भवन बाट पुरा हुनेछ । सामान्यत्या, मौसमबाट आश्रयको रूपमा,सुरक्षाकारुपमा,बस्ने ठाउँ, गोपनीयता,सामानहरू भण्डारण गर्न, र आरामसँग बस्न र काम गर्नका लागी यो भवन खरिद गरिएको हैन । यो भवनको छुट्टै बिशेषता छ । यो नेपाली मनको भवन हो । यो,नेपाली लाई पर्ने सुख(दुस्ख को सहयात्री भवन हो । भवनका धेरै प्रकारहरु हुन्छन । तर, प्रयोग का दृष्टिले भने । आवासीय भवन , सार्वजनिक भवन व्यवसायिक भवन, औद्योगिक भवन, ऐतिहासिक भवन माथीका मध्ये एनआरएनए का लागी खरिद गरिएको यो भवन कुनमा पर्यो होला ? त्यो त तपाईले छुटाईसक्नु भएको छ,’ उनले फेसबुकमा लेखेका छन् ।

साथै, बगालेले एनआरएनएलाई स्र्माट बनाउँने दायित्व सबैको रहेको धारणा राखेका छन् । ‘गणितिय हिसावले हेर्ने हो भने,धेरै काम हरु एनआरएनबाट हुन सकेका छैन्न । तर,केही महत्वपूर्ण कामहरु नभएका पनि हैनन् । एनआरएन भन्ने बित्तिकै कतिपय मानिसहरुको बितृष्णा देखिन्छ । यसका लागी एपमा मात्र स्मार्ट एनआरएनए हैन,साच्चीकैको स्मार्ट एनआरएनए बनाउने तपाई हाम्रो दायित्व हो ,’ उनले लेखेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);