दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यकः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

जेठ २९ २०८३, शनिबार

दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यकः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा भएको इन्टरनेशनल कन्फ्रेन्स अन फाइनान्सिङ फर नेपाल कार्यक्रमलाई सम्बोधन गदै प्रधानमन्त्री दाहालले यस्तो बताउनुभएको हो । उहाँले सरकार दिगो विकासका लागि वित्तीय संस्था, विकास साझेदारहरू र निजी क्षेत्रसँग प्रभावकारी साझेदारी गर्न उत्सुक रहेको उल्लेख गर्नुभयो ।

उहाँले सरकारले दिगो विकासका लक्ष्यहरू पूरा गर्न लगानी आवश्यक पर्ने मुख्य क्षेत्रहरू पहिचान गरिरहेको बताउनु भयो । उहाँले दिगो विकास लक्ष्य पूरा गर्नको लागि भौतिक पूर्वाधार, ऊर्जा, पर्यटन, कृषि र उत्पादन समावेश रहेको बताउनु भयो। उहाँले नेपालले दिगो समाधानमार्फत लगानीको खाडल पूरा गर्ने प्रयासमा रहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले सरकार विदेशी लगानी आकर्षित गर्नका लागि अन्तर्राष्ट्रिय साझेदारहरूसँग काम गर्न प्रतिवद्ध रहेको बताउनु भयो।

प्रधानमन्त्री दाहालले नेपाल सरकारले विकासका लक्ष्य हात पार्नका लागि यसअघि नै लगानीका क्षेत्र तय गरेको र लगानीका लागि संस्थागत र संरचनागत व्यवस्था गरिरहेको बताउनु भयो । उहाँले विश्वमा उदाउँदै गरेका नयाँ वित्तीय लगानीका अवधारणको खोजीमा सम्मेलन आयोजना हुनु निकै सान्दर्भिक भएको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

Expert Guide to Football Lineup Prediction

७ घन्टा अघि

The Complete Guide to Betting Site Bonuses

७ घन्टा अघि

Duel Bet: The Casino Showdown

७ घन्टा अघि