दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून सुधार गर्न आवश्यक छ : अध्यक्ष ढकाल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून सुधार गर्न आवश्यक छ : अध्यक्ष ढकाल

chandra dhakal

काठमाडौं, २३ असोज । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दिगो विकासका लक्ष्यहरु पूरा गर्न सरकारले ऐन कानून र नीतिहरु सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।

मंगलवार महासंघ र राष्ट्रिय योजना आयोगको संयुक्त आयोजनामा भएको दिगो विकासका लक्ष्य कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा दिगो विकासका लक्ष्यहरु पूरा गर्ने निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको बताउनु भयो । अध्यक्ष ढकालले निजी क्षेत्रले व्यवसायिक क्रियाकलाप बढाउनको लागि नीति,ऐन कानून र नीतिहरु सुधार हुन जरुरी रहेको बताउनु भयो । उहाँले दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्र महत्वपूर्ण पार्टनरका रुपमा काम गरिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘दिगो विकासका लक्ष्यहरु पूरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहेको छ । निजी क्षेत्रले व्यवसायीक क्रियाकलाप बढाउनको लागि नीतिहरुदेखि दिगो विकासका लक्ष्यहरु पूरा गर्ने व्यवसायिक गतिविधि बढाउन ऐन कानून र नीतिहरु सुधार हुनुपर्छ भन्ने कुरा हो । दिगो विकासका लक्ष्यहरु पूरा गर्नको लागि निजी क्षेत्र महत्वपूण पार्टनर भनिएको छ । त्यही अनुसार महासंघले यो विषयमा कार्यक्रम गरेको हो । अहिले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाने काम गर्नुपर्ने छ । यसको लागि निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान छ ।’

उहाँले नेपालमा व्यवसायिक गतिविधिहरु बढाएर व्यवसायीहरुको आत्मबल बढाउने काम गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । उहाँले निजी क्षेत्रले रोजगारी सिर्जनादेखि हरेक विषयमा ठूलो योगदान रहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);