निर्वाचन भाँड्ने खेल भइरहेकोः महासचिव पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १८ २०८१, मंगलबार

निर्वाचन भाँड्ने खेल भइरहेकोः महासचिव पोखरेल

टिका खतिवडा २८ चैत ईलाम । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको बताएका छन् । प्रेस चौतारी इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको

निर्वाचन भाँड्ने खेल भइरहेकोः महासचिव पोखरेल

 

 

टिका खतिवडा २८ चैत ईलाम । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले सबै दलको सहमतिमा संविधान संशोधन प्रस्ताव पास गराउन लागेको भन्ने प्रधानमन्त्रीको भनाइमा कुनै सत्यता नभएको बताएका छन् । प्रेस चौतारी इलामले सदरमुकाममा आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले संविधान संशोधनको विषयमा एमालेले पहिलेदेखि नै लिएको अडान अहिले पनि कायमै रहेको र यसमा आफुुहरुकोे कुनै सहमति नभएको बताए ।

 

संविधान संशोधनको कुरा बेमौसमको बाजा भन्दै उनले संशोधनको कुरा गरेर स्थानीय तहको निर्वाचन भाँड्ने षड्यन्त्र भइरहेको आरोप समेत लगाँदै उनले प्रधानमन्त्रीले दुई चरणमा स्थानीय निकायको निर्वाचन गर्नुपर्छ भन्ने कुरा गरिरहेको र यो कदापि स्वीकार्य नहुुने महासचिव पोखरेलले बताए ।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले वैशाख ३१ गते तोकिएको स्थानीय निकायको निर्वाचन कुनै पनि हालतमा नसर्ने बताए । ‘‘जनताको इच्छा, चाहना र आकङ्क्षाअनुसार निर्वाचनमा भाग लिने अधिकार छ, जनतालाई चुनावमा भाग लिने अधिकारबाट विमुख गराउन संविधान विपरित हुन्छ’’ उनले भने ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);