मधेसी मोर्चा सहभागि नभए पनि तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

मधेसी मोर्चा सहभागि नभए पनि तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रधानमन्त्री

३१ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चा सहभागी नभए पनि सरकारले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने वताउनुभएको छ ।

मधेसी मोर्चा सहभागि नभए पनि तोकिएकै मितिमा निर्वाचन हुन्छः प्रधानमन्त्री

३१ चैत्र, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मधेशी मोर्चा सहभागी नभए पनि सरकारले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने वताउनुभएको छ ।

बिहीबार काठमाडौमा आयोजित नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्टीबीचको एकता कार्यक्रममा प्रधानमन्त्री दाहालले निर्वाचनमा भाग लिन खुट्टा कमाउनेहरु छ्ट्ने बताउनुभयो ।

उहाँले सबैलाई निर्वाचनमा सँगै लैजान सरकार हदैसम्म लचिलो हुँदासमेत मोर्चा सहमतिमा आउन नसकेको गुनासो गर्नुभयो । निर्वाचनको माग गर्नेहरुनै अहिले निर्वाचन भाड्ने षड्यन्त्रमा लागेको भन्दै दाहालले निर्वाचन भाड्नेहरुलाई जनताले पाखा लगाउने बताउनुभयो । कम्युनिष्ट पार्टीहरुको संयुक्त आन्दोलनबाट मात्र परिर्वतन सम्भव हुने भन्दै दाहालले सबैसँग एकताको लागि गृहकार्य भईरहको जानकारी दिनुभयो ।

कार्यक्रममा टंक राई नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र नेकपा माओवादी केन्द्रबिच एकताघोषणा गरिएको थियो ।  सीपी मैनाली नेतृत्वको नेकपा मालेबाट अलग भएर टंक राईले नेपाल कम्युनिष्ट पार्टी खोल्नुभएको थियो ।  एकीकरणपछि टंक राईलाई पार्टी हेडक्वार्टर सदस्यको जिम्मेवारी दिइने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);