राणाकालिन समयमा निर्माण भएको गौर कारागार जिर्ण | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राणाकालिन समयमा निर्माण भएको गौर कारागार जिर्ण

राकेश यादव, २८ चैत रौतहट ।
रौतहट सदरमुकाम गौरमाराणाकालिन समयमा बनाइएका कारागारको जिर्ण भवन हालै गएको भुकम्पबाट चर्किएपछि कैदीहरु त्रासपूर्ण अवस्थामा रात विताउन बस्न बाध्य रहेका छन् । बैशाख १२ र २९ गते गएको भूकम्प र पटक पटक गइरहेको पराकम्पनका कारण जिर्ण भवनको ठाउ ठाउमा चर्किए

राणाकालिन समयमा निर्माण भएको गौर कारागार जिर्ण

राकेश यादव, २८ चैत रौतहट ।
रौतहट सदरमुकाम गौरमाराणाकालिन समयमा बनाइएका कारागारको जिर्ण भवन हालै गएको भुकम्पबाट चर्किएपछि कैदीहरु त्रासपूर्ण अवस्थामा रात विताउन बस्न बाध्य रहेका छन् । बैशाख १२ र २९ गते गएको भूकम्प र पटक पटक गइरहेको पराकम्पनका कारण जिर्ण भवनको ठाउ ठाउमा चर्किए पछि कैदीहरु डरत्रास पूर्ण अवस्थामा बस्न बाध्य भएका हुन् । भवन कुनैपनि बेला भत्किने डरबाट कैदीबन्दीहरु रातभरी सुत्न नसकेको उनीहरुको गुनासो रहेको स्रोतका छन ।

राणाकालिन समय विक्रम सम्वत १९८५ सालमा निर्माण भएको कारागार भवन भूकम्पका कारण सबै भित्ता चर्केर बस्नै नमिल्ने भए पछि कैदीहरुमा संत्रास छाएको छ ।  उनिहरुले भूकम्प आएको बेला ज्यान जान सक्ने भन्दै बाहिर अकोे ब्यवस्था मिलाई दिन प्रशासन समक्ष समेत अनुरोध गरेका थिए् । तत्कालिन समयमा कटरबरनबाट कारागार गौरमा सारिएर निर्माण भएको ८७ बर्ष पुरानो कारागारको भित्ता र छत चर्किदा कुनैपनि समयमा भत्किने अवस्थामा पुगेकोमा त्यहाँ सजाय काटिरहेका कैदीहरुमा डरत्रास छाएको छ । ९० जना कैदिको क्षमता रहेको कारागार भित्र हत्या, डाकाजनी, हातहतियार, चोरी, बलत्कार लगायतका विभिन्न प्रकृतिको मुद्दामा सजाय पाएर त्यहाँ गएका ७ महिला सहित १ सय ६७ कैदिहरु हाल रहेका छन् ।

जिल्ला कारागार जेल्र बिष्णु रंजण बरालले पुरानो एवं जिर्ण अवस्थामा रहेको र भवनमा भुकम्पबाट एकदमै भित्र बस्ने खतरापूर्ण अवस्था रहेको बताए । स्थानीय सुरक्षा प्रशासनले भूकम्प गएपछि पटक पटक कारागारको अनुगमन गरी त्यहाँको अवस्थाबाट  कारागार व्यवस्था विभाग र गृहमन्त्रालयमा पत्र लेखेर पठाएको जानकारी दिदै कारागारको सुरक्षार्थ राखिएका प्रहरी र कर्मचारी भवन समेत जिर्ण अवस्था रहेको वअहाले बताए ।
कारागार भित्रको महिला बन्दि बस्ने घरहरु समेत चर्किएर बस्न नमिल्ने अवस्था छ । पटक पटकको भूकम्पको झट्काले उनिहरुमा त्रास देखीएको छ । जिर्ण एवं पुरानो कारागार भवनलाई मर्मत संभार तथा नयाँ भवन बनाउनका लागि सम्बन्धित निकायमा पत्राचार भईसकेकोमा चाँडै ठोस निर्णय हुने कुरा जिल्लाका जेल्र बराले  बताएका छन ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);