ललितपुरका शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर | ईमाउण्टेन समाचार

Our Network

साउन १२ २०८१, शनिबार

ललितपुरका शिक्षा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Commission for the Investigation of Abuse of Authority, CIAA

काठमाडौं । ललितपुर महानगरपालिका शिक्षा शाखामा कार्यरत शिक्षा अधिकृत शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख घुस मागेको पुष्टि भएपछि अख्तियार बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

पौडेलले शिक्षक सरुवा गर्न सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग १ लाख घुस मागेको पुष्टि भएको अख्तियारको दाबी छ ।

उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिइसकेको अवस्थामा फागुन १८ गते पक्राउ गरेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);