औद्योगिक प्रतिष्ठानलाई बैंकमा राखेको रकम पाउन समस्या | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

औद्योगिक प्रतिष्ठानलाई बैंकमा राखेको रकम पाउन समस्या

अनुप तिवारी ,चैत २८ बीरगन्ज ।
बैंकहरुको कृत्रिम आर्थिक तरलताको कारण बढी व्याज तिर्न बाध्य बनेका ग्राहक तथा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको रकम पनि पाउन समस्या भइरहेको एक घटना प्रकाशमा आएको छ । उद्योगी व्यवसायीहरु हकहितका लागि आवाज उठाउँदै आएको वीरगञ्ज उद्योग वाणिज्य संघ आफै समसयामा परेको छ । वीरगञ्ज

औद्योगिक प्रतिष्ठानलाई  बैंकमा राखेको रकम पाउन समस्या

अनुप तिवारी ,चैत २८ बीरगन्ज ।
बैंकहरुको कृत्रिम आर्थिक तरलताको कारण बढी व्याज तिर्न बाध्य बनेका ग्राहक तथा औद्योगिक प्रतिष्ठानले जम्मा गरेको रकम पनि पाउन समस्या भइरहेको एक घटना प्रकाशमा आएको छ । उद्योगी व्यवसायीहरु हकहितका लागि आवाज उठाउँदै आएको वीरगञ्ज उद्योग वाणिज्य संघ आफै समसयामा परेको छ ।

 

वीरगञ्ज उद्योग वाणिज्य संघले प्राइम कमर्सियल बैंकको वीरगञ्ज शाखामा जम्मा गरेको ७५ लाख रुपया बंैकले र्फिता वा सो रकम बाटै ऋण दिन मानेको छैन् । संघले प्राइम बैंकको मुद्दती खाता नम्बर एफ १६३४२१३२ जे ०२ मा ३ जुलाई २०१६ मा २ वर्षको लागि ५० लाख तथा खाता न. एफ १६३४२१३२ जे ०१ मा २५ लाख रुपैयाँ जम्मा गरेको हो ।

बिषेश कारण वस समयावधि अगावै वीरगञ्ज उद्योग वाणिज्य संघले जम्मा रकम फिर्ता वा सोहीलाई धरौटी राखि ऋण उपलब्ध गराउन पटक–पटक आग्रह गर्दापनि बैंकले अटेरी गरेको छ । बैंकले अटेरी गरेपछि मिति २०७३ चैत ४ गते संघले नेपाल राष्ट्र बैंकको क्षेत्रिय कार्यालय, वीरगञ्जलाई पत्राचार गरेपनि अहिले सम्म कुनै जवाब पाइएन्

यस सन्दर्भमा प्राइम कमर्शियल बैंकको वीरगञ्ज ब्रान्च मैनेजर कुशसुदन सिंह क्यामरामा  बोल्न चहेनन् । आफ द रेकर्डमा उनले प्राइम बैंक मुद्दती खातालाई बीचैमा टोड्न नमिल्ने प्रावधान रहेको सुनाए । बैंकको केन्द्रिय शाखामा आफुले जानकारी पठाएको र केन्द्रिय कार्यालयको नेर्देशन अनुसार नै आफुले केहि गर्न सकिने बाध्यता रहेको उनले बताए । बैंकहरुले लगानीमा कडाई गरेको साथै ग्राहकको जम्मा रकम पनि दिन नमानेको अवस्थालाई कसरी समाधान गर्ने समय मै राष्ट्र बैंकको आँखा पुगोस ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);