प्रचण्डले रविलाई रोक्न सक्लान् ? | ईमाउण्टेन समाचार

Our Network

जेठ ३ २०८१, बिहीबार

प्रचण्डले रविलाई रोक्न सक्लान् ?

काठमाडौं, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चतुर नेता हुन् । यसकारण उनले ३२ सिटमा पनि आफूभन्दा दोब्बर बढी मत ल्याएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जुधाउँदै प्रधानमन्त्री पदमा पुग्न सके ।

समिकरण बदल्दा पनि चार महिनामा दुवैलाई आलोपालो पक्षमा पार्न सके । प्रचण्डले यतिबेला राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई प्रभावित बनाउन खोज्दैछन् ।

आज प्रचण्डले बालुवाटारमा डाकेर रविलाई खाँदा ओढाएर बधाई दिए । मागहरु सुने । उपप्रधानमन्त्री दिन सकिने प्रस्ताव पनि गरे । सत्ताको ललिपप देखाएर प्रचण्डले रविलाई प्रभावमा पार्न खोजे ।

केही समय एउटै क्याबिनेटमा बसेकाले प्रचण्डले रविलाई राम्ररी बुझ्ने मौका पाएका छन् । उनले रविलाई प्रभावमा पारिहाले आश्चर्य नमाने हुन्छ ।

तर, रविले सरकारलाई दिइआएको समर्थन समेत रहने हो कि होइन भन्ने बोलेका छन् । प्रचण्डले समर्थन फिर्ता नलिन आग्रह गरे । तर, रविले पार्टीले निर्णय गर्न लागेको सुनाए ।

रविलाई सरकारलाई दिइआएको समर्थन फिर्ता नलिन प्रचण्डले निकै आग्रह गरेका छन् । यसकारण पनि निर्णयमा पुगिहाल्ने गरी उनी अगाडि नबढ्लान् । तर, सत्तामा बस्दा भन्दा बाहिर बस्दा लोकप्रीयता बढ्ने बुझेका रवि कठोर निर्णय लिने तयारीमा देखिन्छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);