‘महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्छ’ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २० २०८१, बिहीबार

‘महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्छ’

radio diwas-jhalanath khanal

काठमाडौं, १८ वैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनालले महावीर पुनको माग सत्ता गठबन्धनको एजेण्डा बन्नुपर्ने बताउनुभएको छ । आईतवार राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको आन्दोलनलाई ऐक्यवद्धता जनाउन माईतीघर पुग्नुभएका उहाँले यस्तो बताउनुभएको हो । उहाँले महावीर पुनका मागहरु गठबन्धनको बैठकमा एजेण्डा बन्नुपर्ने र टुंगो लगाउनुपर्ने बताउनु भयो । उहाँले देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि आन्दोलनमा उत्रिनु नपर्ने परिस्थिति सरकारले निर्माण गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले आफू अहिले भुँइमान्छे रहेको भन्दै आफूले पुनको आन्दोलनमा पूर्ण ऐक्यवद्धता जनाएको बताउनु भयो । उहाँले महावीर पुनका मागहरु प्रधानमन्त्री एक्लैले समाधान गर्नसक्ने भन्दै प्रधानमन्त्रीले पहलकदमी लिन आग्रह गर्नुभयो । उहाँले देशमा वैज्ञानिक आविष्कारका कुरा र नवप्रवर्तनका कुरालाई अघि बढाउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । आगामी आर्थिक वर्षको बजेटमा आविष्कारको क्षेत्रमा सरकारले सक्नेजति बजेट छुट्याएर अघि बढ्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘गठबन्धनको बैठक बस्नुपर्ने हो, उहाँका एजेण्डा अघि सारेर एउटा टुंगोमा पुग्नुपर्ने हो । हाम्रो देशका वैज्ञानिकहरुलाई एक घण्टा पनि बस्नुपर्ने परिस्थिति हुनै नदिनुपर्ने थियो । तर अहिले त म पनि भुँइमान्छे हो, उहाँजस्तै संसदमा पनि छैन, सरकारमा पनि छैन । पार्टी मात्रै सरकारमा छ । पार्टीका नेताहरु बसेर एक आपसमा छलफल गर्र्नुपर्ने आवश्यक्ता म देख्छु । कुनैपनि प्रधानमन्त्रीले यस्ता समस्या एक्लै हल गर्नसक्छ । अब हामीले यो देशमा वैज्ञानिक आविष्कारका कुरालाई नवप्रवर्तनका कुरालाई अघि बढाउँछाँै भनेर उहाँले सार्वजनिक रुपमा प्रतिवद्धता जनाएर अघि बढ्न जरुरी छ । गठबन्धनलाई म भन्न चाहन्छु यो सबैको प्रक्रिया हो । यस वर्षको बजेटमा यसलाई स्वीकार गरेर कति सकिन्छ त्यही अनुसार अघि बढ्नुपर्छ । देशका अरु धेरै युवा वैज्ञानिक हुनुहुन्छ, उहाँहरुलाई काम गर्नसक्ने वातावरण बनाउनुपर्छ, अहिले हाम्रा देशका युवा वैज्ञानिकहरु बहिर्गमनमा लाग्ने खतरा पैदा भएको छ ।’

पूर्वप्रधानमन्त्री खनालले युवा वैज्ञानिकलाई देशमा काम गर्नसक्ने वातावरण नबनाए युवा वैज्ञानिकहरु बहिर्गमनमा जाने खतरा पैदा भएको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);