'महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने हो' | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

‘महावीर पुनजस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने हो’

काठमाडौं,११ फागुन । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन जस्ता व्यक्तित्वहरु राष्ट्रिय सभामा हुनुपर्ने बताउनुभएको छ । शुक्रवार राष्ट्रियसभा बैठकमा बोल्दै उहाँले पुन जस्ता आविष्कारको क्षेत्रमा कार्यरत व्यक्तित्वलाई राज्यले सम्मान गर्नुपर्ने समेत बताउनु भयो ।

सांसद देवकोटाले पुनले चलाउनुभएको अनुसन्धानको अभियानलाई तीन वटै तहका सरकारले साथ दिन आवश्यक रहेको बताउनु भयो । उहाँले पुनले पछिल्लो समय वीरगञ्ज कृषि औजार कारखाना चलाउनका लागि भन्दै पुस्तक बिक्रीको अभियान चलाउँदा उल्लेख गर्दै त्यसमा सरकारलाई लज्जाबोध हुनुपर्ने बताउनु भयो । सांसद देवकोटाले सो कृषि औजार कारखाना सञ्चालनका लागि आविष्कारक पुनसँग कुनै सम्झौता भएको भए त्यसबारे संसदलाई जानकारी गराउन पनि सरकारसँग माग गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘वीरगंज कृषि औंजार कारखाना चलाउनु छ, पैसा चाहियो भन्दै किताव लेख्दै, किताव बेच्दै हिँडिरहनु भएको छ । एक जना व्यक्तिले किताव किन्नुहोस्, सरकारी कारखाना चलाउनुछ भनेर आँट र हिम्मतका साथ जसरी उहाँ अगाडि बढ्नुभएको छ । यसको प्रशंशा गर्नैपर्छ । तर सरकारका लागि यो विषय लज्जा हुनुपर्ने हो । मैले चाहीँ वास्तवमा त्यही महशुस गरेको छु । भोलि अन्य व्यक्तिहरु यसरी नै सरकारी संयन्त्रहरु चलाउनु छ भन्दै हिँड्ने थाले भने के होला ? सरकार सरकारको रुपमा रहोस् । राज्य राज्यको रुपमा रहोस् । महावीर पुनसँग सरकारले कारखाना सञ्चालनको सन्दर्भमा के, कस्तो सम्झौता गरेको छ ? वास्तविकता के हो ? यो संसदलाई जानकारी दिनुप¥यो । महावीरकै सन्र्भमा उहाँजस्तो सरल, योग्य, क्षमतावान र अनुभव भएका व्यक्तिको राज्यले सम्मान चाहीँ गर्नुपर्छ । अनुसन्धानको क्षेत्रमा उहाँले चाहेको वातावरण निर्माण गरिदिनु पर्छ । संघीय सरकारले मात्रै होइन, प्रदेश र स्थानीय तहले पनि अनुसन्धानको क्षेत्रमा महावीर पुनको अभियानलाई साथ दिन आवश्यक छ । वास्तवमा यो राष्ट्रिय सभाकै चर्चा गर्ने हो भने पनि यो सभामा हुनुपर्ने व्यक्तित्वहरु भनेको महावीर पुनहरु जस्तै हो । ’

सांसद देवकोटाले पुनजस्ता सरल, योग्य, क्षमतावान र अनुभव भएकाहरुलाई राज्यले सम्मान गर्नुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);