राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको पनि दाबी,कसले मार्ला बाजी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १७ २०८१, सोमबार

राष्ट्रिय सभाको अध्यक्षमा माओवादीको पनि दाबी,कसले मार्ला बाजी

urjamantri barshaman pun

काठमाडौं,२५ माघ । नेकपा(माओवादी केन्द्र)का सांसद वर्षमान पुनले राष्ट्रिय सभाको अध्यक्षमा आफ्नो पार्टीको दाबी रहेको बताउनुभएको छ । बुधवार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पुनले राष्ट्रिय सभाको अध्यक्षमा माओवादी केन्द्रको दाबी रहेको बताउनुभएको हो ।

उहाँले राष्ट्रिय सभाको शक्ति सन्तुलन अनुसार माओवादी केन्द्रले अध्यक्ष दाबी गर्नु प्राकृतिक भएको बताउनु भयो । उहाँले यस सन्दर्भमा माओवादी केन्द्रले सत्तारुढ गठबन्धन र अन्य दलहरुसँग छलफल गरेर अघि बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘प्राकृतिक रुपले हेर्दा राष्ट्रिय सभाको अध्यक्ष माओवादी केन्द्रले दाबी गर्ने अवस्था छ । हाम्रो दाबी पनि रहेको छ । माओवादी केन्द्रको दाबी छ । यसमा हामी सत्तारुढ गठबन्धनमा छलफल गर्छौं । र अरु दलहरुसँग पनि छलफल गर्छौ । राष्ट्रिय सभाको शक्ति सन्तुलनअनुसार नै छलफल गरेर जाने हाम्रो सोच छ ।’

सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उहाँले माईतीघर मण्डलालाई निषेधित गर्नु नहुने पनि बताउनु भयो । उहाँले लोकतन्त्रमा जनतासँग सरकार डराउनु नहुने भन्दै निषेधित क्षेत्र तोक्ने सन्दर्भमा सरकार लचिलो हुनुपर्ने बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);